सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थी खोज्दै हिँड्ने मैयादेवी कन्या क्याम्पसमा थेगिनसक्नु विद्यार्थी


  •    न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार १५:२७ 
  • चितवन, २२ भदौ । विगतका वर्षहरुमा विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने यहाँको मैयादेवी कन्या क्याम्पसमा अहिले थेगिनसक्नु विद्यार्थी हुन थालेका छन् । क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेसँगै विद्यार्थीको आकर्षण बढेको हो । छात्राको मात्रै पढाई हुने यस क्याम्पसका प्राध्यापक, कर्मचारीहरु विगतका वर्षमा चितवन र छिमेकी जिल्लामा विद्यार्थी खोज्न पुग्ने गरेकोमा यस वर्ष भर्ना रोक्नु पर्ने भएको छ ।

    क्याम्पस प्रमुख डा.विश्व सुवेदीका अनुसार क्युएए प्राप्त भएसँगै भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षा लगायतका कारण छात्राहरुको आकर्षण बढेको हो । कक्षा ११ मा ३०० जना विद्यार्थी भर्ना भईसकेका छन् । गतवर्ष क्याम्पस स्थापना भए यताकै सबैभन्दा बढी २२० जना विद्यार्थी भर्ना भएका थिए । सुवेदीले भन्नुभयो “अब हामीसँग थप विद्यार्थी पढाउन कक्षा कोठा नभएकाले भर्ना रोक्नु पर्ने अवस्थामा पुगेका छौं ।”

    एसईईको पुरक परीक्षाको नतिजा आएपछि विद्यार्थीहरु भर्ना हुन आउने गर्दछन् । ती विद्यार्थीलाई भर्ना गर्ने अवस्थामा आफूहरु नरहेको उहाँले बताउनुभयो । क्याम्पसमा मुख्य रुपमा चितवन, नवलपरासी, गोरखा, लम्जुङ, तनहुँका विद्यार्थी धेरै आउने गर्दछन् । यसका अतिरिक्त २५ जिल्लाका विद्यार्थी अध्ययनका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । ती जिल्लामा प्रचारात्मक अभियानका लागि प्राध्यापक कर्मचारीहरु आफै जानु पर्ने बाध्यता विगतमा रहेको थियो ।

    ‘महिला सशक्तिकरणका लागि उच्च शिक्षा’ भन्ने नाराका साथ क्याम्पस स्थापना भएको हो । समाजसेवी मैयादेवी श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं १० मा १२ कठ्ठा जमिन खरिद गरी भौतिक निर्माण गरेर क्याम्पस सञ्चालनमा आएको हो । विसं २०५४ असोज १६ गते स्थापना भएको यस क्याम्पसमा सुरुआती चरणमा व्यवस्थापनमा १२ र शिक्षामा ३० विद्यार्थीले अध्ययन गर्दथे ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेल ११ महिनासम्म तलब खुवाउन नसकेको विगत सम्झँदै भन्नुहुन्छ “क्याम्पसले प्राविधिकसहितको कार्यक्रम थप गर्ने, गुणस्तरमा सुधार ल्याउने जस्ता कार्यसँगै प्राप्त गरेको क्युएएका कारण आकर्षण बढेको हो ।’ समाजसेवी एवं राजनीतिक मैयादेवी श्रेष्ठको नामले पनि धेरैलाई आकर्षित गरेको उहाँको भनाइ छ ।

    स्वच्छ वातावरणमा गुणस्तरीय शिक्षा र भेदभावरहित छात्रावृत्तिले पनि थप आकर्षण गरेको पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो “यो क्याम्पस सबै हिसाबबाट उत्कृष्ट बन्दै गएको छ, गुणस्तरीय शिक्षाले गर्दा विगतमा झै विद्यार्थी खोज्दै हिँड्नुपर्ने अवस्थामा अन्त्य भएको छ ।” अन्यत्र जस्तो विद्यार्थी राजनीतिका कार्यक्रम यस क्याम्पसमा कम हुने गर्दछन् । यसले गर्दा पठनपाठन प्रभावित नहुने र गुणस्तरीय शिक्षा दिन सकिएको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो “पहिले पहिले हामी विद्यार्थी खोज्दै हिँड्थ्यो, अहिले भर्ना रोक्नु पर्ने अवस्थामा पुगेका छौं ।” क्याम्पसमा शिक्षा र व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको पढाई हुने गरेको छ । हाल एक हजार ७०० विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.