सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होलीभिजनबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा बिदाई


  •    न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार १३:०८ 
  • भरतपुर, २२ भदौ । होली भिजन पब्लिक स्कुलबाट कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीलाई आज बुधबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी बधाई तथा बिदाई गरेको छ । यस वर्ष कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बिदाई गरिएको हो । २०७६ सालबाट कक्षा ११ सञ्चालन गरेको विद्यालयले गतवर्ष र यसवर्षको कक्षा १२ मा शतप्रतिशत विद्यार्थीहरु उत्तीर्ण गरी जिल्लामा नै उत्कृष्ट नतिजा हासिल गरेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष एवम् शिक्षाप्रेमी प्रेमकुमार गैरेले शिक्षा नै विकासको मेरुदण्ड भएकोले विद्यार्थीहरुले सङ्घर्ष गरेर शिक्षा आर्जन गर्न निरन्तर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो। उहाँले विद्यालयले कक्षा १२ मा चितवन जिल्लामै उत्कृष्ट नतिजा हासिल गर्न सफल भएकोमा विद्यालय परिवारलाई बधाईसमेत ज्ञापन गर्नुभयो ।

    कार्यक्रममा सामाजिक एवम् धार्मिक व्यक्तित्व गोपालप्रसाद कँडेलले अहिले नैतिकताको अभावमा शिक्षामा धेरै विकृतिहरु देखा परेको हुनाले पाठ्यक्रममा नै राष्ट्रियता र नैतिकताका विषयहरु समावेश गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो। उहाँले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कारसमेत प्रदान गर्नुभएको थियो।

    होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दवाडी, सञ्चालक समितिका अध्यक्ष नारायणप्रसाद सापकोटा, माध्यमिक तह प्रमुख वेगनाथ गैरे, विद्यार्थीहरु सुष्मा कँडेल, सोनिया पाठकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुका साथै कक्षा १२ उत्तीर्ण विद्यार्थीका अभिभावकहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरुले आफ्ना रचनाहरुसमेत प्रस्तुत गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.