सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन माविमा विद्यार्थीकै अगुवाईमा लोकनृत्य प्रतियोगिता सम्पन्न


  •    /९ आश्विन २०७६, बिहीबार १३:१७ 
  • चितवन । चितवन माध्यमिक विद्यालयमा बुधबार शुभकामना आदानप्रदान तथा लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । बडादशैँ, तिहार तथा छठको शुभ अवसरमा कक्षा ९ ले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा नम्रता घलेको समूह प्रथम, प्रतिष्ठा परियारको समूह द्वितीय र अनिशाको समूह तृतीय भएका विद्यालयका शिक्षक अच्युत पौडेलले जानकारी दिनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम लामिछाने ‘मिलन’ प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । लामिछानेले यस्ता कार्यक्रमले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउन सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुको रचनात्मक कार्यक्रमलाई विद्यालय व्यवस्थापन समितिले सदैव सहयोग गर्ने पनि बताउनुभयो ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुक्ति लामिछाने , विज्ञ समूहका संयोजक जगदिश्वर खनाल, सदस्य भानु प्रसाद उपाध्याय, विद्यालय व्यवस्थापन समितिका सदस्य हरेराम श्रेष्ठ, शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञान बहादुर पाख्रिनलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम कक्षा ९ कि छात्रा लिलासिंह ठकुरिको अध्यक्षता एवम् विद्यालयका वौद्धिक एवम् साँस्कृतिक समितिकि संयोजक शिक्षिका देवी श्रीशको संयोजनमा सम्पन्न भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.