सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम प्रयोग गरिएका बाली सम्बन्धी गोष्ठी


  •    न्युजभित्तो/१३ भाद्र २०७९, सोमबार १२:५६ 
  • चितवन, १३ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अनुसन्धान तथा प्रसार निर्देशनालय र स्कटल्याण्ड ग्रामीण कलेजको सहकार्यमा कम प्रयोग गरिएका बाली सम्बन्धी कार्यशाला गोष्ठी आज यहाँ सम्पन्न भएको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सरकारी र गैरसरकारी विश्वविद्यालय एवं संघ संस्थाका विशेषज्ञहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा विज्ञहरुबाट ६ वटा प्राविधिक कार्यपत्रहरु प्रस्तुतीकरण गरिएको थियो । कम प्रयोग भएका बालीहरुको महत्वका विषयमा कार्यपत्र केन्द्रीत थियो । कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले यस्ता बालीहरुको संरक्षण र प्रबद्र्धनबाट खाद्य सुरक्षा, रोजगारी र आयश्रोतमा समेत बढवा गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “विश्व विद्यालयले यस क्षेत्रको अध्ययन र अनुसन्धानमा जोड दिनेछ ।”

    विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाले कम प्रयोग हुने बालीहरुको उत्पादकत्व बृद्धि गर्नुपर्ने भन्दै कृषिका विभिन्न क्षेत्रको अलवा पशु आहारमा पनि ती बालीहरुको योगदान रहेको बताउनुभयो । उहाँले भन्नुभयो “कम लागतमा बढी उत्पादन गर्ने गरी काम गर्नुपर्छ ।”

    सोही अवसरमा विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक प्रा.डा.अर्जुनकुमार श्रेष्ठ र योजना निर्देशक डा. विश्वचन्द्र ढकालले गोष्ठीको नतिजाको आधारमा विश्वविद्यालयले दीर्घकालिन परियोजनाका लागि सम्बन्धित दातृ निकायहरुसँग समन्वय गरी अघि बढ्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा अध्यक्षता गर्नुभएका विश्वविद्यालयका प्रा.डा. भूमिनन्दन देवकोटाले कम प्रयोग गरेका बालीहरुको उत्पादन बढाई मूल्य कम गर्नुपर्ने, प्रशोधनमार्फत् उपभोक्ताको माग बमोजिम विभिन्न स्वादका परिकार तयार गर्नुपर्ने, नयाँ प्रविधिको प्रयोग गरी उत्पादन बढाउनु पर्नेमा जोड दिनुभयो ।

    सो अवसरमा स्कटल्याण्डका तीन विज्ञ सहित नेपाल सरकार, नार्क, कृषि विभाग, कृषि अध्ययन गर्ने विश्वविद्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कोदो, फापर, जौ, चिनो, कागुनो, जुम्ली सिमी आदि कम प्रयोगमा आउने बालीको रुपमा रहेका छन् । धान, गहुँ, मकै बढी प्रयोग हुने बालीका रुपमा नेपालमा परिचित छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.