चितवनमा प्रमुख दलबाट कोको छन् संघ र प्रदेश सांसद पदका दावेदार ?
न्युजभित्तो/८ भाद्र २०७९, बुधबार १०:५२
चितवन, ८ भदौ । संघ र प्रदेशको निर्वाचन आउन तीन महिना बाँकी रहँदा प्रमुख दलहरुमा उम्मेदवारीका लागि दाबी गर्नेहरु बढ्दै गएका छन् । पार्टी भित्र गुट, उपगुटको नेतृत्व गरेकाहरुले आफ्ना पक्षका नेतालाई टिकट दिलाउन गृहकार्य थालेका छन् ।
मुख्य रुपमा नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राप्रपाका उम्मेदवारका बीचमा यहाँ प्रतिश्पर्धा हुने छ । यस अघि संघमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त उम्मेदवारी दिएका थिए । तीन क्षेत्र र ६ प्रदेशमा तीनै दुई दलका उम्मेदवार बिजयी भएका थिए । नेकपा फुट संगै बनेको समाजबादीका एक जना निर्वाचित प्रदेश सभा सदस्य छन् भने अन्य सबै नेकपा एमाले र माओवादी केन्द्रका छन् ।
नेपाली काङ्ग्रेसले जिल्लामा निर्वाचित सांसद पाउन सकेको थिएन । यस पटकको निर्वाचनमा सत्तामा रहेका दलहरुबिचमा गठवन्धन हुने जनाईएको छ । यस्तो अबस्थामा नतिजा फरक हुने अनुमान दलहरुले गरेका छन् । निर्वाचनमा संघ र प्रदेशमा नेकपा एमाले र नेपाली काङ्ग्रेसबाट दाबी गर्नेहरुको संख्या धेरै छ ।
नेकपा एमाले चितवनका अध्यक्ष राम न्यौपानेका अनुसार क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे, जेएन थपलिया र दावा दोर्जे लामाको दाबी रहेको छ । सोहि क्षेत्रको प्रदेश क मा प्रभा वराल, इमानसिंह लामा, सिंहवहादुर गोले र घनश्याम कँडेलको दाबी रहेको छ । ख मा नारायण वन, जगन्नाथ आचार्य, महादेबी खतिवडा, कृष्णकुमार डल्लाकोटी र प्रकाश खनालको अहिलेसम्म दाबी आएको न्यौपाने बताउनुहुन्छ ।
क्षेत्र नम्बर २ बाट राम बहादुर थापा, देबी ज्ञावली, कृष्णभक्त पोख्रेल र शारदा कुमाल मध्ये एक जना उम्मेदवार हुन सक्ने न्यौपानेको भनाई छ । २ क मा खुमनारायण श्रेष्ठ, कृष्ण शिलवाल, केशब लामा र टिका रिजालको दाबी रहेको छ । न्यौपानेले २ ख मा बिजय सुवेदी, तेजेन्द्र खड्का र संघमा उम्मेदवारी नपाएका मध्ये पनि पर्न सक्ने जानकारी दिनुभयो । यस्तै क्षेत्र नम्बर ३ मा आफ्नै दाबी रहेको उहाँ बताउनुहुन्छ । यससँगै कृष्ण भूर्तेलको पनि क्षेत्र नम्बर ३ मा दाबी रहेको छ । यहाँ हुन नसकेमा भूर्तेल ३ क मा उम्मेदवार बन्न सक्ने न्यौपानेको आँकलन छ ।
न्यौपानेलाई पार्टीले क्षेत्र नम्बर ३ मा उम्मेदवार बनाउन नसकेमा उहाँको दाबी २ को ख मा छ । ३ को ख मा सरस्वती बिष्ट, शंकर थपलिया र प्रकाश ढुङ्गानाको दाबी रहेको छ । न्यौपानेले हालसम्म देखिएका अनुहार भन्दा थप दाबी आउन सक्ने बताउँदै भन्नुभयो “अहिले देखिएका र दाबी गर्नेहरु भन्दा अरु थप पनि हुन सक्छ ।”
नेपाली काङ्ग्रेसको क्षेत्र नम्बर १ मा तीर्थ खनिया र राजेन्द्र बुर्लाकोटीले दाबी गरेको जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो ।
१ को क मा धन वहादुर गुरुङ्को दाबी रहेको उहाँ बताउनुहुन्छ । सोही प्रदेशमा आफ्नो दाबी रहेको क्षेत्रीय सभापति किरणभूषण ओलीले बताउँदै आउनु भएको छ । १ को ख मा गिता देवकोटा, बासु ढुङ्गाना, उत्तम आचार्य, राजु शिलवाल र कुमार कार्कीले इच्छा व्यक्त गरेको खनालले जानकारी दिनुभयो । क्षेत्र नम्बर २ मा सभापति खनाल र निवर्तमान सभापति जीतनारायण श्रेष्ठको दाबी रहेको उहाँले बताउनुभयो । खनालले आँफुलाई जानकारी नभएको भने पनि उमेश श्रेष्ठ र मिलनबाबु श्रेष्ठले सोही क्षेत्रबाट आफ्नो दाबी रहेको सार्बजनीक कार्यक्रममा बताउँदै आउनु भएको छ ।
प्रदेश २ क मा दिपक आचार्य, टंकनाथ पौडेल, कमल आचार्य र राम वहादुर लामाको दाबी रहेको छ । २ ख मा देवेन्द्र गुरुङ, उत्तम जोशी र ध्रुब पोख्रेलले दाबी गर्नु भएको खनालले जानकारी दिनुभयो । क्षेत्र नम्बर ३ बाट टेक प्रसाद गुरुङ, रामकृष्ण घिमिरे र दिनेश कोइरालाको दाबी रहेको खनालको भनाई छ । केन्द्रिय सदस्य अञ्जनी श्रेष्ठले पनि सोही क्षेत्रमा दाबी रहेको बताउँदै आउनुभएको छ । प्रदेश नम्बर ३ क मा प्रा।डा। सूर्य कान्त घिमिरे, बिजय भूषाल र राजीव न्यौपानेको दाबी रहेको छ । यस्तै ३ ख मा कैलाश कोइराला, साजन महतो र लाल वहादुर दवाडीको दाबी रहेको खनालले जानकारी दिनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्र चितवनले क्षेत्र नम्बर ३ बाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाउने सर्बसहमत निर्णय गरिसकेको छ । जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीका अनुसार अन्य क्षेत्र र प्रदेशमा गठवन्धनको टुङ्गो लागेपछि आफ्नो उम्मेदवारी दिनुपर्ने ठाउँमा पार्टीले छनोट गर्ने छ । पार्टीले चुनाबी अभियानलाई अघि वढाएको उहाँ बताउनुहुन्छ । आन्तरिक संगठन सुदृढिकरण तथा जनसम्बन्ध बिस्तारका कार्यक्रम सुरु गरिएको उहाँको भनाई छ ।
नेकपा समाजबादीका नेता कृष्ण खनालले गठवन्धनको निर्णय अनुसार आफ्नो उम्मेदवारी क्षेत्र नम्बर १ बाट संघमा वा १ ख बाट प्रदेशमा हुने बताउनुभयो । राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ मा हुने बताउनुभएको छ । जिल्ला अध्यक्ष रुद्र ढकालका अनुसार क्षेत्र र प्रदेश सबैमा आफ्ना उम्मेदवार हुने बताउनुभयो । गठवन्धन भएमा सोही अनुसार मिलाईने उहाँको भनाई छ ।
जिल्लामा नेकपा एमाले र राप्रपाले स्थानीय तहको निर्वाचनमा केही ठाउँमा गठवन्धन गरेका थिए । सत्ता र बिपक्षि दुई गठवन्धन वनेमा आँफुले दाबी गरेका क्षेत्रबाट अन्यत्र दाबी गर्नुपर्ने बाध्यता जिल्ला नेताहरुमा हुने छ ।
क्षेत्र नम्बर २ बाट खाना र खेतीपाती अभियान्ता डा। कृष्णप्रसाद पौडेलले आफ्नो उम्मेदवारी पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गर्नुभएको छ । यस्तै तारा पौडेलले आफ्नो उम्मेदवारी क्षेत्र नम्बर ३ बाट हुने जनाउँदै आउनुभएको छ । दलहरुमा दाबी गर्नेहरु धेरै छन् ।
जिल्ला नेतृत्वसंँ दाबी गर्नेहरुको नाम बाहिर आए पनि प्रदेश र केन्द्रमा सोझै दाबी गरिरहेकाहरुकतिपय सार्वजनिक भईसकेका छैनन् । साना र नयाँ दलहरुका उम्मेदवारका नाम आइसकेका छैनन् । रासस