सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाकिस्तानी प्रधानमन्त्रीद्वारा अमेरिकी सांसदलाई काश्मिरबारे ‘व्रिफिङ’ : भारतले अत्याचार गर्यो


  •    /६ आश्विन २०७६, सोमबार १९:४९ 
  • न्युयोर्क । न्युयोर्कमा रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अमेरिकी सांसदहरूलाई काश्मिर घटनाबारे जानकारी गराउनुभएको छ ।

    भारतले काश्मिर विषयमा लिएको पछिल्लो कदमपछि भारतसँग व्यापारिक कारोबार बन्द गरेका खानले काश्मिरमाथि भारतले अन्याय र अत्याचार गरेको टिप्पणी गर्नुभयो ।

    कार्यक्रममा अमेरिकी सिनेटको विपक्षी दलका नेता चक स्कुमर र सिनेटको न्यायिक समितिका अध्यक्ष लिन्डसी ग्राहम पनि सहभागी हुनुभएको थियो ।

    न्युयोर्क पुगेको दोस्रो दिन उहाँले सांसद र संसदका नेताहरुलाई काश्मिर मामिलामा आफ्नो धारणा राख्नुभएको हो ।

    पछिल्लो समय आर्थिक सङ्कटबाट ग्रस्त रहेको देशका प्रधानमन्त्री खानले भारत प्रशासित जम्मु काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा लगिएकोमा शुरुदेखि नै आपत्ति जनाउदै आउनुभएको छ ।

    भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै जम्मु र काश्मिरलाई केन्द्रीय सरकारको मातहतमा ल्याएको घोषणा गरेको थियो ।

    भारतको सो घोषणाका विरुद्धमा पाकिस्तानमा देशव्यापी प्रदर्शनको आयोजना गरी पाकिस्तानी प्रधानमन्त्री खानले काश्मिर मामिलालाई राष्ट्रसंघको महासभामा उठाएर विश्वको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

    उहाँले महासभा भन्दा बाहिर भेटवार्ता गरेका अधिकांश नेतासँग काश्मिर मामिलाका बारेमा ध्यानाकर्षण गरेको बताइएको छ ।

    अर्को तर्फ भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि महासभाका लागि न्युयोर्कमा नै आइपुग्नुभएको छ । उहाँले भारत र अमेरिकाको सम्बन्धलाई थप बलियो बनाउने प्रयासलाई जारी राख्नु भएको छ ।

    प्रधानमन्त्री मोदीले न्युयोर्क आइपुगेको पहिलो दिन नै उर्जा क्षेत्रका अगुवाहरूसँग लगानी र सहकार्यका बारेमा छलफल गर्नुभएको थियो ।

    विश्वको छाता संस्थाको रूपमा रहेको राष्ट्रसंघको महासभामा सहभागी हुन अधिकांश देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु अहिले न्युयोर्कमा भेला भएका छन् । (रासस/एएनआई)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खोरसोरमा गोविन्देको त्रास
    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
    विद्युत् आपूर्तिलाई प्रभावकारी बनाउने ऊर्जामन्त्रीको प्रतिबद्धता
    • अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
    • दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
    • चितवनबाट बाघ पर्सा पठाइयो
    • मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.