सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बेचेर सपना’ दर्शकले अधिक रुचाएपछि ….. (भिडियो सहित)


  •    न्युजभित्तो/१७ बैशाख २०७९, शनिबार १४:२४ 
  • चितवन, १७ वैशाख । कवि तथा गजलकार श्रीभक्त पौडेल आफन्तले रचना गरेका गजल गीत छबेचेर सपना’ रिलिज भएको आठौं दिनमै संगीततर्फ नेपालको तेस्रो टे«न्डिङमा पर्न सफल भएको छ । गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको ‘बेचेर सपना’ गएको शुक्रबार (बैशाख ९) मा रिलिज भएको हो। जननी नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको गजल पहिलो दिनमै टे«न्डिङमा आउन सफल भएको छ ।

    बेचेर सपना गजल गीतमा नायक तथा मोडल पुष्प खड्का र मोडल स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी र सुशीला थापाको मुख्य अभिनय रहेको छ ।
    चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १६ घर भइ हाल स्पेनमा रहँदै आएका गजल गीतका रचनाकार श्रीभक्त पौडेलले वास्तविक जीवन कहानीलाई शब्दमा उतारेको बताए ।

    उनले भने, ‘गजलभित्र एउटा वास्तविक कथा छ, जहाँ परदेशमा भोगिएका कठिनाइ भाव व्यक्त गरिएको छ ।’ पौडेलको शब्दलाई गायक गौतम आफैले संगीत भरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका छन् । रामजी लामिछानेले निर्देशन गरेका गजल गीतको सम्पादन बान्डे प्रसाद र गीतको उत्पादकमा विष्णुप्रसाद कँडेल रहेका छन् ।

    शनिबार दिउँसोसम्म ४ लाख ७२ हजार बढी दर्शकले गीतको भिडियो हेरेका छन् भने करिब १ हजार ९ सय जनाले गीतको बारेमा प्रतिक्रिया दिएका छन् । गीतमा शब्द, संगीत र गायकी उत्कृष्ट भन्दै दर्शकले अत्याधिक मन पराएका हुन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.