सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतासँग जोडिन नागरिक सहयोग समिति गठन


  •    /२९ भाद्र २०७६, आईतवार १२:५७ 
  • चितवन । चितवन क्षेत्र नम्वर २/२ का प्रदेश सांसद विजय सुवेदीले प्रदेशका योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि सबै वडाको प्रतिनिधित्व रहनेगरी समिति निर्माण गर्नुभएको छ । शनिबार नागरिक भेला मार्फत सन्तोष पन्तको अध्यक्षतामा निर्वाचन क्षेत्र विकास नागरिक समिति चितवन २/२ गठन गरिएको हो ।

    समितिको सदस्यमा जमुना परियार, यमनाथ आचार्य, मनिस सापकोटा, विष्णु कोइराला, शिवराज गिरी, टिकाराम सापकोटा, बुद्धि कुमार श्रेष्ठ, तिलक रिमाल, सन्देश वाग्ले, सूर्य भट्टराई चयन हुनु भएको छ ।

    समिति घोषणको जिम्मा शिक्षाविद रमाकान्त सापकोट, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराई, समाजसेवी मीना खरेललाई दिइएको थियो । समितिले रमाकान्त सापकोटा, डा.तिलचन्द्र भट्टराई, मिना खरेल, केशव रेग्मी, निर्मल शर्मा, शिव भट्टराईलाई सल्लाहाकार चयन गरेको छ । प्रदेशका विभिन्न मन्त्रालयसँग समन्वय गर्नेगरी समिति निर्माण गरिएको सांसद सुवेदीले बताउनुभयो ।

    यसैबीच सांसद सुवेदीले जनतासँग प्रदेसभा सांसद कार्यक्रम आयोजना गर्नुभएको छ । निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाका ७ वटा वडाका विभिन्न टोलविकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा जनताले सांसद सुवेदीसँग प्रत्यक्ष साक्षात्कार गरेका हुन् । उनीहरुले सडक पूर्वाधार विकास र सुशासनका पक्षमा सांसदको ध्यानाकर्षण गराए ।

    चितवनमा जनतासँग सांसद कार्यक्रम पहिलोपटक आयोजना गरिएको भन्दै नागरिकले प्रशंसा गरेका थिए ।

    नागरिकबाट उठेका प्रश्न र जिज्ञासाबारे सम्बोधन गर्दै सांसद सुवेदीले निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ आफूले ध्यान केन्द्रित गरेको बताउनुभयो । उहाँले नागरिकसँग संवाद गरेर टोलटोल र घरघरमा जाने योजना रहेको जानकारी दिनुभयो । ‘मैले निर्वाचित भएपछि के काम गरेँ र के गर्दैछु भन्ने जनतालाई जानकारी दिन भेला आयोजना गरेको हुँ, उहाँले भन्नुभयो “आगामि दिनमा झन् जनताप्रति समर्पीत भएर काम गर्नेछु ।” उहाँले सुशासनको पक्षमा सधै अग्रसर भएर लाग्ने बताउनुभयो ।

    चितवन क्षेत्र नम्वर २/२ आर्थिक बर्ष २०७५/७६ मा विनियोजन भएका ९८ योजना कार्यान्वन भएको उहाँले जानकारी दिनुभयो । एउटा योजनाको सबै काम सकेर पनि कालोपत्रेको काम बाँकी रहेको छ । उहाँले गत आर्थिक बर्षमा विभिन्न सडक निर्माण, गणेशधाम, पुङगीखोला, चिल्ड्रेनपार्क, कभर्डहल,कृष्णपुर खेल मैदान, केरुङ्गा खोलामा डिपिआर निर्माण, सरसफाई र हरियाली प्रबद्र्धन कार्यक्रम प्रभावकारिताका साथ कार्यान्वयन गरेको बताउनुभयो। यस्तै सबै वडामा बायोग्याँस प्लान्ट, जलकुम्भी झारबाट पानी प्रसोधन, फोहोर स्रोत केन्द्र स्थापना गरेको सांसद सुवेदीले जानकारी दिनुभयो । यसबाहेकका योजनामा पनि सक्रिय सहभागिता र निरन्तर निगरानी तथा खबरदारी गरेको उहाँले बताउनुभयो ।

    यस आर्थिक बर्षका लागि करिब २० करोड रुपैयाँका योजना चितवन क्षेत्र नम्वर २/२ मा प्रदेश सरकारबाट विनियोजन भएको सांसद सुवेदीले बताउनुभयो । उहाँले यसबर्ष भौतिक पूर्वाधार निर्माणसँगै पर्यावरण, शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा जोड दिएको बताउनुभयो ।
    कार्यक्रममा भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले डेङगु रोग र यसबाट बच्ने उपायकाका बारेमा जानकारी गराउनु भएको थियो । भेलामा विभिन्न टोलविकास संस्थाका करिब डेढसय जनाको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.