सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनको बैठक मंगलबार बस्ने, तालमेलको ‘मोडालिटी’बारे छलफल हुने


  •    न्युजभित्तो/२१ चैत्र २०७८, सोमबार १०:४० 
  • काठमाडौं,२१ चैत। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे थप निर्णय गर्न गठबन्धनको बैठक मंगलबार (भोलि) बस्ने भएको छ ।

    सत्ता गठबन्धनको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भारत भ्रमण सकेर आइसकेकाले गठबन्धनको बैठक मंगलबार बस्ने भएको हो ।

    नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेपनि पाँच दलिय गठबन्धनमा भने यसको मोडालिटि बनिनसकेको स्थिती छ ।

    मंगलबारको बैठकले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे बिस्तृत रुपमा निर्णय गर्ने नेताहरुको भनाइ छ । काँग्रेसले आवश्यकताका आधारमा स्थानीय तहहरुमा तालमेल गर्ने बताउदै आएको छ । यद्यपि काँग्रेका केही नेताहरुले तालमेलको गर्ने निर्णयको बिरोध जनाउदै आएको छ ।

    काँग्रेस भित्रै एक्लै निर्वाचनमा जानु पर्ने र गठबन्धन गर्नु पर्ने भन्ने विवाद उब्जिरहहेको छ । उता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्र पनि काँग्रेसँग गठबन्धन हुने विषयमा पूण रुपमा ढुक्क भने छैन ।

    उसले माओवादी केन्द्र एक्लै चुनावमा जाने हैसियत राख्ने र २०० बढी स्थानीय तहहरुमा जित निकाल्न सक्ने दाबी समेत गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.