सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैनँ भन्ने बुझ्न बाँकी : ओली


  •    न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १४:११ 
  • काठमाडौं,१६ चैत्र ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न कुनै पनि पार्टीले सोच्दै सोच्न नहुने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा कृषि तथा तरकारी बजारको उद्घाटन गर्दै ओलीले सो कुरा बताएका हुन् ।

    ‘अहिले नेकपा एमालेको अवस्था के हो भन्ने कुरा २२ हजार साथीहरु आज यहाँ मात्रै प्रवेश गर्दै हुुनुहुन्छ । यसले देखाउँछ एमाले कुन ठाउँमा छ भन्ने । गठबन्धन परित्याग गरेर, सरकारमा रहेका पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्दै हुनुुहुन्छ,’ उनले भने, ‘एमालेसँग एक्लै लड्न आउने कुनै पनि पार्टीले नचिताए हुन्छ । एक्लै एमालेसँग लड्छु भन्ने कुरा सोच्दै नसोचे हुन्छ ।’

    गठबन्धन नगरि एमालेसँग जुध्न सकिँदैन भन्ने सत्ता गठबन्धनलाई थाहा भएको तर गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैनँ भन्ने बुझ्न बाँकी भएको उनले बताए । उनले भने, ‘गठबन्धन नगरि एमालेसँग जुध्न सकिँदैन भन्ने थाहा छ । तर, गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैन भन्ने बुझ्न बाँकी छ । त्यो कुरा हामी बुझाउछौँ ।’

    उनले सत्ता गठबन्धनलाई लोभी–पापीको पार्टी भएको टिप्पणी गरे । उने गठबन्धन गर्न भनेजस्तो सजिलो नभएको पनि बताए । उनले भने, ‘गठबन्धन गर्छौँ भनेका छन् तर गठबन्धन सजिलो छैन, लोभी पापीहरुको गठबन्धन कति गाह्रो होला ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.