चुनावी दौडानमा एमालेको माहोल र संक्षिप्त ऐतिहासिक पृष्ठभूमि
न्युजभित्तो/१६ चैत्र २०७८, बुधबार १४:२६
बिष्णु अधिकारी
वि.सं. १९९३ जेठ २० गते नेपालमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्य सहित त्यसबेलाका ५ जना युवा क्रान्तिकारीहरु घर्मभक्त माथेमाको ओम बहालको घरमा भेला भई नेपाल प्रजापरिषद गठन गरेका थिए। प्रजापरिषद् स्थापना लगतै उनीहरुले विभिन्न राणा विरोघी गतिविघिहरु संचालन गर्न थाले । १९९७ माघ ९ गते शुक्रराज शास्त्रीलाई टेकुमा र ११ गते घर्मभक्त माथेमालाई सिफलमा झुन्डाईयो र माघ १४ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवती अगाडि गोली हानेर मारियो। सबै चार वीर शहिदहरुले हाँसीहाँसी मृत्युवरण गर्नुभएको थियो। उहाँहरुको बलिदानीले देशभरी राणा विरोघी भावना बढ्यो र क्रान्तिको जग बस्यो।
शहीदहरुको शाहदतको बलमा अन्ततः जहानिया निरङ्कुश राणा शासन ढल्यो र देशमा प्रजातन्त्र आयो । अरु थप आन्दोलनले, लोकतन्त्र र गणतन्त्र आयो । निबन्घ लेख्दा कोर्रा खाने र मतअघिकारको कुरा गर्दा फासी दिने व्यवस्था भएको यो भूमिमा आज हामी वाक स्वतन्त्रता, विभिन्न मौलिक हक, मताघिकार , लोकतान्त्रिक मूल्य र मान्यता सहितको संविधान भएको देशका नागरिक हुन पाएका छौ र पो हामी समृद्ध नेपाल सुखी नेपालीको नारालाई लिएर अगाडि बढी रहेका छौं ।
नेपाली समाजमा पनि अहिले एमालेमा प्रवेश गर्ने लहर चलेको छ। एमाले एउटा समाजवादी पार्टी हो । समाज परिवर्तन एमालेबाट संभावना छ भन्ने प्रमाणित भैसकेको छ। एमालेमा अत्यन्तै मानवतावादी चिन्तन र सोच पहिला थियो र अबपनि हुनुपर्दछ। यसकै कारण अशिक्षित र पछौटेपनबाट ग्रस्त समाजमा धेरै वर्ष जात मान्दैन धर्म मान्दैन भन्दै सत्तामा पुग्नबाट बन्चित पारिएको थियो। जब सत्तामा पुग्यो देश र जनताका निम्ति देशको आर्थिक अवस्थाले भ्याएसम्म निकै जनवादी कार्य ग¥यो । यसभीत्र पसेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेलाई समयमा पहिचान गर्न नसकेका कमजोरी पनि नभएका होइनन् अब यसको समक्षा गर्दै अगाडि बढ्नुपर्छ ।
पहिले पहिलेको समयमा एमालेको सदस्यता प्राप्त गर्न भातृसंगठनमा २ बर्ष काम गरेको, नैतिकवान, अनुशासित, जनप्रेमी लगनशील हुनुपर्थ्यो। पछिल्लो दिनमा एमाले सम्बन्धी प्रश्नको परीक्षा दिएर उक्त परीक्षा पास गरे पछि मात्र सदस्य हुन पाइन्थ्यो । सदस्यले एमालेको सामान्य जानकारी लिनुपर्ने भन्ने थियो तर हाल सजिलै प्रवेशको काम भैरहेकोछ । यसरी जो पायो त्यसैलाई पार्टी प्रवेश गराउदा फाइदा पनि बेफाइदा पनि दुबै हुन्छ, किनकी आज भोलि समाजमा हुने अनैतिक काममा एमालेको समर्थक भन्ने सुन्दा नराम्रो लाग्छ। कम्तिमा प्रवेश गर्ने कमरेडहरुले आफ्नो पार्टी समयमा चिन्नु भयो तर व्यवहार पनि एमाले अनुरूपको गर्नु हुन अनुरोध गर्दछु। उहॅाहरुलाई हार्दिक बधाई तथा स्वागत गर्न चाहन्छु र पार्टीले पनि नवागन्तुक सदस्यलाई प्रशिक्षण गर्न जरुरी छ, जनताको बहुदलीय जनवाद र पार्टीको सिद्धान्त सिकाउन जरुरी छ।
जननेता मदनकुमार भण्डारीको जीवन चरित्र र जीवन दर्शनबाट अलग्याएर जवजको व्याख्या र चर्चा गर्नु असान्दर्भिक हुनेछ । किनभने उहाँ पार्टीभित्रको फरक मतलाई बिनापूर्वाग्रह सम्मान गर्नुहुन्थ्यो भनिन्छ र विविधता बीचको एकताको आधारमा समेटेर संगै हिंडाउनु हुन्थ्यो। परिवार उहाँको कहिल्यै प्राथमिकतामा परेन रे । कार्यकर्ताको मूल्यांकनमा चाकडी चापलुसी प्राथमिकतामा परेन, योग्यता, योगदान र इतिहास नै प्राथमिकता भित्र प¥यो । उहाँका यी चारित्रिक विषेशताहरु वास्तवमै अनुपम नै थिए । जबजको सिद्धान्त लिएर हिड्ने एमालेले यस्ता कुराको अनुसरण गर्न सक्नु पर्छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा बहुदलीयता प्रवेश पहिलोपटक २०४६ साल भदौमा नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो राष्ट्रिय माहाधिवेशनमा भएको थियो। त्यो माहाधिवेशनले बहुदलीय प्रतिष्पर्धा सहितको नौलो जनवादी कार्यक्रम पास गरेको थियो । २०४७ साल पौषमा नेकपा मार्क्सवादी समूहसँग एकता गर्दा पनि बहुदलीय प्रतिष्पर्धाको प्रणाली अंगिकार गर्ने प्रतिवद्वता जाहेर गरिएको थियो ।
२०४८को भदौ÷असौज तिर कमरेड मदन भण्डारीले “बहुदलीय जनवादबारे” नामक एउटा सानो वुकलेट प्रकाशित गर्नुभएको थियो । यस्तै पृष्ठभूमिमा २०४९ साल माघ १४–२० मा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना भयो । उक्त महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद नामक दस्तावेज पारित गरेकोे थियो । त्यही महाधिवेशनमा क मदन भण्डारीले पेश गरी पारित भएको राजनीतिक प्रतिवेदनमा जवजको सिंगो अवधारणाको राम्रो व्याख्या गरिएको छ।
समाजवादीका न्युनतम चरित्रहरुमा मानवीयतालाई वीना सर्त स्वीकार्ने, समाजप्रति दायित्वबोध गर्ने, कसैको शोषण दुरुपयोगमा र भ्रष्टचारमा संलग्न नहुने र यस्ता कार्यको समर्थन नगर्ने यस्ता गतिबिधिको बिरोध गरिरहने, शारिरीक वा मानसिक परिश्रम गरेर बाच्ने, असाह्य र बृद्धहरुलाई सहयोग र माया गर्ने, जातपात, धर्म, रंग,धनि गरीव, पद पेशा र लैङ्गिक आधारमा भेदभाव नगर्ने, पक्षपात नगर्ने, सामाजिक न्यायका निम्ति सक्रिय रहने, समाजका समस्याप्रति गम्भीर हुने र समाधानका लागि जनसहभागितालाई जोड दिने विषयवस्तु जबजभित्र पर्दछन् । यस्तै सबैसॅग सहकार्य गर्ने, पारदर्शिता अपनाउने, विकृति विसंगति र अन्धविस्वासको अन्त्यका निम्ति पहल गरिरहने, मानव अधिकारको संरक्षणको सुनिश्चितताको लागि पहल गर्ने, सादा जीवनशैली अपनाउने, स्वस्थ्य, शान्ति, सुरक्षित समाज निर्माणमा लगनशील भएर एकतावध्द हुने, पार्टी भित्रका असंतुष्टिहरु पार्टीमा राखी समाधान खोज्ने, जन विरोधी गतिविधीको विरोध गर्ने, समस्या समाधानमा समाजको स्रोतको पहिचान र प्रयोग गर्ने, सुरक्षा निकाय, जनप्रतिनिधि र प्रशासन सयंत्रसॅग सहयोग र सेवाकालागि सहकार्य गर्ने जस्ता कुरा पनि पर्दछन् । यसमा हामी सबै सचेत भै अगाडि बढ्न अपेक्षा गर्दै अबको स्थानीय निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) लाई अत्यधिक मतले बिजय गराउँ । (अधिकारी नेकपा एमाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)
बिष्णु अधिकारी
वि.सं. १९९३ जेठ २० गते नेपालमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्य सहित त्यसबेलाका ५ जना युवा क्रान्तिकारीहरु घर्मभक्त माथेमाको ओम बहालको घरमा भेला भई नेपाल प्रजापरिषद गठन गरेका थिए। प्रजापरिषद् स्थापना लगतै उनीहरुले विभिन्न राणा विरोघी गतिविघिहरु संचालन गर्न थाले । १९९७ माघ ९ गते शुक्रराज शास्त्रीलाई टेकुमा र ११ गते घर्मभक्त माथेमालाई सिफलमा झुन्डाईयो र माघ १४ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवती अगाडि गोली हानेर मारियो। सबै चार वीर शहिदहरुले हाँसीहाँसी मृत्युवरण गर्नुभएको थियो। उहाँहरुको बलिदानीले देशभरी राणा विरोघी भावना बढ्यो र क्रान्तिको जग बस्यो।
शहीदहरुको शाहदतको बलमा अन्ततः जहानिया निरङ्कुश राणा शासन ढल्यो र देशमा प्रजातन्त्र आयो । अरु थप आन्दोलनले, लोकतन्त्र र गणतन्त्र आयो । निबन्घ लेख्दा कोर्रा खाने र मतअघिकारको कुरा गर्दा फासी दिने व्यवस्था भएको यो भूमिमा आज हामी वाक स्वतन्त्रता, विभिन्न मौलिक हक, मताघिकार , लोकतान्त्रिक मूल्य र मान्यता सहितको संविधान भएको देशका नागरिक हुन पाएका छौ र पो हामी समृद्ध नेपाल सुखी नेपालीको नारालाई लिएर अगाडि बढी रहेका छौं ।
नेपाली समाजमा पनि अहिले एमालेमा प्रवेश गर्ने लहर चलेको छ। एमाले एउटा समाजवादी पार्टी हो । समाज परिवर्तन एमालेबाट संभावना छ भन्ने प्रमाणित भैसकेको छ। एमालेमा अत्यन्तै मानवतावादी चिन्तन र सोच पहिला थियो र अबपनि हुनुपर्दछ। यसकै कारण अशिक्षित र पछौटेपनबाट ग्रस्त समाजमा धेरै वर्ष जात मान्दैन धर्म मान्दैन भन्दै सत्तामा पुग्नबाट बन्चित पारिएको थियो। जब सत्तामा पुग्यो देश र जनताका निम्ति देशको आर्थिक अवस्थाले भ्याएसम्म निकै जनवादी कार्य ग¥यो । यसभीत्र पसेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्नेलाई समयमा पहिचान गर्न नसकेका कमजोरी पनि नभएका होइनन् अब यसको समक्षा गर्दै अगाडि बढ्नुपर्छ ।
पहिले पहिलेको समयमा एमालेको सदस्यता प्राप्त गर्न भातृसंगठनमा २ बर्ष काम गरेको, नैतिकवान, अनुशासित, जनप्रेमी लगनशील हुनुपर्थ्यो। पछिल्लो दिनमा एमाले सम्बन्धी प्रश्नको परीक्षा दिएर उक्त परीक्षा पास गरे पछि मात्र सदस्य हुन पाइन्थ्यो । सदस्यले एमालेको सामान्य जानकारी लिनुपर्ने भन्ने थियो तर हाल सजिलै प्रवेशको काम भैरहेकोछ । यसरी जो पायो त्यसैलाई पार्टी प्रवेश गराउदा फाइदा पनि बेफाइदा पनि दुबै हुन्छ, किनकी आज भोलि समाजमा हुने अनैतिक काममा एमालेको समर्थक भन्ने सुन्दा नराम्रो लाग्छ। कम्तिमा प्रवेश गर्ने कमरेडहरुले आफ्नो पार्टी समयमा चिन्नु भयो तर व्यवहार पनि एमाले अनुरूपको गर्नु हुन अनुरोध गर्दछु। उहॅाहरुलाई हार्दिक बधाई तथा स्वागत गर्न चाहन्छु र पार्टीले पनि नवागन्तुक सदस्यलाई प्रशिक्षण गर्न जरुरी छ, जनताको बहुदलीय जनवाद र पार्टीको सिद्धान्त सिकाउन जरुरी छ।
जननेता मदनकुमार भण्डारीको जीवन चरित्र र जीवन दर्शनबाट अलग्याएर जवजको व्याख्या र चर्चा गर्नु असान्दर्भिक हुनेछ । किनभने उहाँ पार्टीभित्रको फरक मतलाई बिनापूर्वाग्रह सम्मान गर्नुहुन्थ्यो भनिन्छ र विविधता बीचको एकताको आधारमा समेटेर संगै हिंडाउनु हुन्थ्यो। परिवार उहाँको कहिल्यै प्राथमिकतामा परेन रे । कार्यकर्ताको मूल्यांकनमा चाकडी चापलुसी प्राथमिकतामा परेन, योग्यता, योगदान र इतिहास नै प्राथमिकता भित्र प¥यो । उहाँका यी चारित्रिक विषेशताहरु वास्तवमै अनुपम नै थिए । जबजको सिद्धान्त लिएर हिड्ने एमालेले यस्ता कुराको अनुसरण गर्न सक्नु पर्छ।
नेपालको कम्युनिस्ट आन्दोलनमा बहुदलीयता प्रवेश पहिलोपटक २०४६ साल भदौमा नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो राष्ट्रिय माहाधिवेशनमा भएको थियो। त्यो माहाधिवेशनले बहुदलीय प्रतिष्पर्धा सहितको नौलो जनवादी कार्यक्रम पास गरेको थियो । २०४७ साल पौषमा नेकपा मार्क्सवादी समूहसँग एकता गर्दा पनि बहुदलीय प्रतिष्पर्धाको प्रणाली अंगिकार गर्ने प्रतिवद्वता जाहेर गरिएको थियो ।
२०४८को भदौ÷असौज तिर कमरेड मदन भण्डारीले “बहुदलीय जनवादबारे” नामक एउटा सानो वुकलेट प्रकाशित गर्नुभएको थियो । यस्तै पृष्ठभूमिमा २०४९ साल माघ १४–२० मा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना भयो । उक्त महाधिवेशनले नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद नामक दस्तावेज पारित गरेकोे थियो । त्यही महाधिवेशनमा क मदन भण्डारीले पेश गरी पारित भएको राजनीतिक प्रतिवेदनमा जवजको सिंगो अवधारणाको राम्रो व्याख्या गरिएको छ।
समाजवादीका न्युनतम चरित्रहरुमा मानवीयतालाई वीना सर्त स्वीकार्ने, समाजप्रति दायित्वबोध गर्ने, कसैको शोषण दुरुपयोगमा र भ्रष्टचारमा संलग्न नहुने र यस्ता कार्यको समर्थन नगर्ने यस्ता गतिबिधिको बिरोध गरिरहने, शारिरीक वा मानसिक परिश्रम गरेर बाच्ने, असाह्य र बृद्धहरुलाई सहयोग र माया गर्ने, जातपात, धर्म, रंग,धनि गरीव, पद पेशा र लैङ्गिक आधारमा भेदभाव नगर्ने, पक्षपात नगर्ने, सामाजिक न्यायका निम्ति सक्रिय रहने, समाजका समस्याप्रति गम्भीर हुने र समाधानका लागि जनसहभागितालाई जोड दिने विषयवस्तु जबजभित्र पर्दछन् । यस्तै सबैसॅग सहकार्य गर्ने, पारदर्शिता अपनाउने, विकृति विसंगति र अन्धविस्वासको अन्त्यका निम्ति पहल गरिरहने, मानव अधिकारको संरक्षणको सुनिश्चितताको लागि पहल गर्ने, सादा जीवनशैली अपनाउने, स्वस्थ्य, शान्ति, सुरक्षित समाज निर्माणमा लगनशील भएर एकतावध्द हुने, पार्टी भित्रका असंतुष्टिहरु पार्टीमा राखी समाधान खोज्ने, जन विरोधी गतिविधीको विरोध गर्ने, समस्या समाधानमा समाजको स्रोतको पहिचान र प्रयोग गर्ने, सुरक्षा निकाय, जनप्रतिनिधि र प्रशासन सयंत्रसॅग सहयोग र सेवाकालागि सहकार्य गर्ने जस्ता कुरा पनि पर्दछन् । यसमा हामी सबै सचेत भै अगाडि बढ्न अपेक्षा गर्दै अबको स्थानीय निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) लाई अत्यधिक मतले बिजय गराउँ ।
(अधिकारी नेकपा एमाले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)