सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा शिवको मूर्ति निर्माणका लागि गरिएको महायज्ञमा रु ३० लाख र सात क्वीन्टल धातु सङ्कलन


  •    /८ बैशाख २०७६, आईतवार १७:४९ 
  • काठमाडौँ :
    चितवनको देवघाटमा अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि काठमाडौँको पशुपतिमा जारी महायज्ञमा शनिबारसम्म रु ३० लाख नगद र करीब सात क्वीन्टल धातु सङ्कलन भएको छ ।
    यही वैशाख १ गतेबाट शुरु भएको धार्मिक कार्यक्रममा ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’ आर्थिक तथा धातु सङ्कलनसहित तीन करोड बेलपत्र चढाउने र एक करोड बत्ती प्रज्वलन गर्ने कार्यक्रमसमेत छ । वैशाख ११ गतेसम्म चल्ने महायज्ञमा भक्तजनको सहभागिता बढ्दै गएको र विभिन्न क्षेत्रका दाताबाट सहयोगको प्रतिबद्धता आइरहेको महायज्ञका सहसंयोजक ऋषिश्वर थपलियाले जानकारी दिनुभयो ।
    उहाँका अनुसार अहिलेसम्म १३ जना संस्थापक भइसकेको तथा दुई जना संस्थापक र संरक्षक बनिसकेको तथा अन्य व्यक्तिहरुबाट पनि धातु र आर्थिक सहयोग जारी रहेको छ । रु एक लाख सहयोग गर्ने संस्थापक र रु पाँच लाख सहयोग गर्ने व्यक्ति संस्थापक संरक्षण बन्ने छन् । उहाँले अष्ट्रेलिया, अमेरिका, पोर्तुगल, फ्रान्स, बेलायत र जापानमा बस्ने नेपालीले समेत सहयोग गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।
    चितवन, तनहुँ र देवघाटको सङ्गम देवघाटमा सुन्दर पार्कसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गर्न आर्थिक तथा धातु सङ्कलनको उद्देश्यले महायज्ञ गरिएको हो । देवघाटमा शिवको मूर्तिसहित जमीनमुनी पूजा र सङ्ग्रहालय कोठा, यात्रु विश्राम गृह, पार्क निर्माण गर्ने योजना छ । पर्यटन व्यवसायी केशव पाण्डेले नेतृत्वमा मूल आयोजक समिति निर्माण गरी यहाँ महायज्ञ सञ्चालन गरिएको छ । सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजबाट कथा वाचन भइरहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.