एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्छ : अध्यक्ष नेपाल
न्युजभित्तो/१३ चैत्र २०७८, आईतवार १६:०५
काठमाडौं,१३ चैत्र। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यसअघिको एमाले सरकारले बिकासको झुटा प्रचार गरको भन्दै एमाले सरकारले छरेका भ्रमहरुलाई चिर्दै अघि बढनुपर्ने बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी ओलीले पानी जहाज, रेलमार्ग लगाएतका बिकासका काम कागजमै सीमित भएको तर्क गरे । अध्यक्ष नेपालले ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको आरोप लगाए ।
आफूहरुले एमालेलाई अहिलेको अवस्थामा ल्याएपनि व्यक्तिबाद हाबी हुन पुगेका कारण समाजवादको नयाँ क्रान्तिको यात्रामा अघि बढिएको उनको भनाइ छ । कार्यक्रममा अध्यक्ष नेपालले ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा बंकर बनाएको उल्लेख गरे ।
अध्यक्ष नेपालले पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गर्दै पार्टीको सकारात्मक पक्षको प्रचार गर्न आग्रह गरे ।