चितवनका ९८ वडामा कांग्रेसको ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान शुरु
न्युजभित्तो/१२ चैत्र २०७८, शनिबार १८:५८
चितवन, १२ चैत । नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्षित गरी आजबाट जिल्लाका सबै वडामा चुनावी अभियान शुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।
जिल्ला सचिव सूर्य अर्यालका अनुसार आज बिहानबाट जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान शुरु भएको हो । अभियान अन्तर्गत वडा कार्यालय उद्घाटनदेखि घरदैलोसम्मका विभिन्न अभियान गरिएको छ । पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले अभियान सञ्चालन गर्ने अर्यालले जानकारी दिनुभयो ।
पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीविहरुलाई खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन् ।
पार्टीले फागुन २९ गते जिल्लामा अभियान शुरु गरेको थियो । चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिएको छ । जिल्ला सभापति राजेश्वर खनालका अनुसार जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य संख्या २८ हजार रहेको छ । सात पालिकाको ९८ वडा मध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो । ईच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुख बाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो । खनाललले आजबाट अभियानलाई प्रभावकारी ढंगले अघि बढेको बताउनुभयो ।