सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अक्षर अक्षरमा देश’ र ‘फर्कियौ किनारबाट’ माथि चितवनमा विमर्श


  •    न्युजभित्तो/१२ चैत्र २०७८, शनिबार १८:४६ 
  • चितवन, १२ चैत । पोखराबाट आएका मुक्तककार दीपक समीप र मकवानपुरबाट आएका गजलकार विश्वनाथ सञ्जेलले चितवनमा आएर रचना वाचन गरेका छन् । समीपको मुक्तकसङ्ग्रह ‘अक्षर अक्षरमा देश’ र सञ्जेलको गजलसङ्ग्रह ‘फर्कियौ किनारबाट’माथि शनिबार भरतपुरस्थित रामेश्वर पुस्तकालय तथा वाचनालयमा भएको विमर्श कार्यक्रमका अवसरमा स्रस्टाहरूले रचना वाचन गरेका हुन् ।

    कार्यक्रममा सञ्जेलले एक दर्जन गजल प्रस्तुत गरे । प्रणय भावमा लेखिएका गजलसँगै सञ्जेलले समसामयिक बिषयमा लेखिएका गजल पनि सुनाए । त्यसैगरी समीपले करिव डेढ दर्जन मुक्तक प्रस्तुत गरे । समीपले समसामयिक बिषयमा लेखिएका चोटिला मुक्तकहरू सुनाएका थिए । राजनीतिक विसंगतिमाथि लेखिएका रचना प्रस्तुत भैरहँदा कार्यक्रममा उपस्थित भएका भरतपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पूर्णबहादुर श्रेष्ठले चाख मानेर रचना सुनेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले स्रष्टाका रचनाले जनप्रतिनिधिलाई राम्रो ढंगले जनसेवा गर्न प्रोत्साहन मिलेको बताए ।

    मुक्तकसङ्ग्रहमाथि समीक्षक रमेश प्रभातले टिप्पणी राखे । समीपका मुक्तकमा स्रस्टाले आफ्नो मुलुकको बारेमा गरेको चिन्तन समेटिएको बताए । गजलसङ्ग्रहमाथि बोल्दै समीक्षक शान्ति शर्माले सञ्जेलको सङ्ग्रहमा विभिन्न धारका गजलहरू समेटिएको बताइन् ।

    कार्यक्रममा रचना वाचनपछि मुक्तक तथा गजल संरचना र लेखिँदै आइएको परम्पराका बारेमा अन्तरक्रिया समेत गरिएको थियोे । प्रमुख अतिथि गायत्री श्रेष्ठले गजल र मुक्तकमा प्रेम, मानवीयता, विसंगति सबै समिटिएको बताउँदै चितवनमा बसेर राम्रा गजल र मुक्तक सुन्न पाएको बताइन् । सम्पूर्ण किताबका लेखराम सापकोटाले सहजीकरण गरेको कार्यक्रमलाई रामेश्वर पुस्तकालय तथा वाचनालयका अध्यक्ष बालकृष्ण थपलियाले अध्यक्षता गरेका थिए ।

    कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल, कविडाँडा साहित्य समाजका सचिव गणेश श्रमण, अक्षर समुहका पूर्व अध्यक्ष ईश्वर कंडेल, भरतपुर प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य विष्णु तिवारी उषा, पुस्तकालयका सचिव विष्णुप्रसाद वाग्लेलगायत दर्जनौ स्रष्टाहरूको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.