सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको केन्द्रीय कमिटी बैठक जारी, अध्यक्ष र महासचिवकाे प्रतिवेदनमाथि छलफल


  •    न्युजभित्तो/१० चैत्र २०७८, बिहीबार १४:४५ 
  • काठमाडाैँ,१० चैत्र । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बुधबारदेखि सुरू भएको बैठकमा आज अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदनमाथि छलफल गरिँदै छ ।

    बुधबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन बैठकमा पेश भएकाे थियाे । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठकमा स्थानीय तहको निर्वाचन लक्षित अन्तक्रिया समेत भइरहेका छन् । त्यस्तै ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन पनि स्थानीय तह निर्वाचन केन्द्रित रहेको बताइएकाे छ ।

    अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनलाई जनमतसंग्रहका रूपमा हेरिएको उल्लेख गरेका छन् । आसन्न निर्वाचनलाई जनादेश र परमादेशबीचको जनमतसंग्रह भएको बताउँदै आएका छन् । एमालेलाई सातै प्रदेशका अध्यक्षहरुले रिपोटिङ गरिसकेको र पार्टी विभाजनले त्यति असर नपरेको निष्कर्ष निकालेका छन् । यही केन्द्रीय कमिटी बैठकले स्थानीय तहको निर्वाचनमा जान निर्वाचन घोषणापत्र, उम्मेदवार चयन मापदण्ड लगायतका ११ कार्यसूची तोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.