सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री सिंह आज एमाले प्रवेश गर्दै


  •    न्युजभित्तो/८ चैत्र २०७८, मंगलवार ११:०५ 
  • काठमाडौँ,८ चैत्र।  ६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् । आज मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ ।

    पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सिंगै दल आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । सिंहको नेतृत्वमा रहेको पार्टी नै एमालेमा एमालेमा विलय हुन लागेको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र सिंहबीच पार्टी प्रवेशबारे छलफल भएपछि उनी एमालेमा प्रवेश गर्ने भएका हुन् ।

    उनी तीन पटक कानुनमन्त्री, दुई पटक खानेपानी तथा सरसफाई मन्त्री र एक पटक बिज्ञान तथा प्रबिधि मन्त्रीको जिम्मेवारी सम्हाली सकेका अनुभवी नेता हुन् । चुनाव नजिकिदै गर्दा दल बदल्ने क्रम जारी रहेको अवस्थामा पूर्व मन्त्री सिंह एमालेमा प्रवेश गर्न लागेका हुन् ।

    पूर्वमन्त्री सिंहसंगै आज नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिकाको रुपमा चिनिने करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गर्ने भएकी छिन् । यसअघि उनी डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय थिइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.