सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीको ठोकुवा – ‘केही छिटफुट स्थानीय तह बाहेक प्रदेश र केन्द्र सरकार एमालेकै हुन्छ’


  •    न्युजभित्तो/७ चैत्र २०७८, सोमबार १३:३५ 
  • काठमाडौं,७ चैत्र । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि तीनै तहको सरकार एमालेले बनाउने दाबी गरेका छन् ।

    स्थानीय तहको निर्वाचन केन्द्रित पोलिट ब्यूरो बैठक यतिबेला बबरमहलस्थित कार्की बैंक्वेटमा बसिरहेको छ । उक्त बैठकमा बोल्दै अध्यक्ष ओलीले सबै स्थानीय, प्रदेश र केन्द्रको सरकार एमालेले नै बनाउने दाबी गरे ।

    ‘चुनावपछि एमालेले तीनै तहका सरकार बनाउछ। तर स्थानीय तहमा भने छिटपुट ठाउँमा आफूहरूको सरकार बन्न सक्दैन । तर हामी जिम्मेवार भएर लाग्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

    बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले कलात्मक ढंगले स्थानीय तहको निर्वाचन सार्न खोजेको पनि आरोप लगाएका छन् ।

    ‘अहिले पनि कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोगका आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन हुदैन भन्ने परामर्श भइरहेको छ’, ओलीले भने ।

    निर्वाचन आयोगका आयुक्तहरुलाई भन्न लागाएर निर्वाचन सार्ने प्रयास भइरहेको अध्यक्ष ओलीको दाबी छ । दुई आयुक्तहलाई भन्न लगाएर भएपनि सार्न खोजिएको भन्दै उनले भने, ‘दुई आयुक्तले मात्रै निर्वाचन सम्भव हुदैन भन्दिनुपर्‍यो भन्नेसम्मका कुरा भइरहेका छन्। जो गठबन्धनका दलहरुले भनिरहेको छन्।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.