सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसमा विधान मिच्न सुरु


  •    न्युजभित्तो/६ चैत्र २०७८, आईतवार १२:३१ 
  • काठमाडौं, ६ चैत ।  नेपाली कांग्रेसले विधान मिच्न सुरु गरेको छ । उम्मेदवार छनोट गर्ने संसदीय समिति समयमा गठन नहुँदा विधानले दिएको समयसीमा लागु नहुने भएको हो ।

    विधानको धारा ३३ मा रहेको ‘उम्मेदवारीबारे अन्य व्यवस्था’को (१) मा ‘कुनै पनि तहको प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन दर्ता हुने मिति भन्दा एक महिना पूर्व अन्तिम निर्णय गरिसक्नुपर्ने’ उल्लेख छ । विधानको उक्त व्यवस्था अनुसार चैत १० भित्र कांग्रेसले सबै उम्मेदवार तय गरिसक्नुपर्ने हुन्छ ।

    ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयको मिति निर्वाचन आयोगले बैशाख ११ र १२ तोकेको छ । आयोगले तोकेको समय र पार्टीे विधान अनुसार चैत १० भित्र कांग्रेसका उम्मेदवार निश्चित हुनुपर्छ । तर, आयोगले तय गरेको मिति भन्दा ठीक एक महिना अघि कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । उम्मेदवार तय भइसक्नुपर्ने समयमा संसदीय समिति गठन गर्नका लागि बैठक डाकिएको हो । उक्त बैठकले संसदीय समिति बनाएपछि मात्रै उम्मेदवार छनोटको बाटो खुल्छ । केन्द्रमा बनेको संसदीय समितिले छ वटा महानगरका प्रमुख र उपप्रमुख तय गर्ने अधिकार छ ।

    केन्द्रीय संसदीय समितिमा सभापति, महामन्त्री स्वतः सदस्य हुन्छन् भने पदाधिकारीहरु पदेन सदस्य हुन्छन् । सभापतिले समावेशिताको आधारमा केन्द्रीय सदस्यबाट ११ जना संसदीय समितिमा मनोनित गर्ने व्यवस्था छ ।

    स्थानीय तहका उम्मेदवार तय गर्न विधानतः चार तहको संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । चारै तहले विधानले दिएको व्यवस्था अनुसार संसदीय समिति गठन गर्न सकेका छैनन् । ‘विधान अनुसार उम्मेदवारको टुंगो चैत १० अघि हुने सम्भावना छैन,’ कांग्रेस केन्द्रीय समिति सदस्य प्रदीप पौडेलले भने, ‘चैत ११ मा केन्द्रीय समितिको बैठकले संसदीय समिति गठन गर्नेछ । उम्मेदवारको मनोनयन हुनु एक महिना अघि उम्मेदवार टुंगो नलागेपछि विधान मिचिएको/नमिचिएको आफैं बुझ्नुस् ।’

    वडा सदस्य र अध्यक्षको उम्मेदवार टुंगो लगाउन अधिकार प्रतिनिधि सभा क्षेत्र संसदीय समितिलाई विधानले अधिकार दिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मदेवार चयन गर्ने निकाय जिल्ला संसदीय समिति हो । नगरपालिका र उपमहानगरपालिका प्रमुख–उपप्रमुखका उम्मेदवारको टिकट वितरण प्रदेश कार्यसमितिले गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.