सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बृद्धभत्ताको सुरुवात गर्ने मै हुँ : अध्यक्ष नेपाल


  •    न्युजभित्तो/४ चैत्र २०७८, शुक्रबार १६:२४ 
  • गोरखा,४ चैत्र। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बुढापाकालाई भत्ताको सुरूवात आफूले गरेको बताएका छन् ।

    शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले वृत्तभत्ता आफूहरूले सुरू गरेको कुरा लाप्राकीले बिर्सेजस्तो लागेको समेत बताए ।

    उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री पार्टीका तर्फबाट मुल नेता । यो भत्ताको सुरू गर्ने मान्छे । मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन । कमसेकम स्याबास् भन्नुपर्ने हो नि ।’ ०५१ सालमा मासिक एक सय रूपैयाँ दिनेगरी आफूले वृद्धभत्ता सुरू गरेको उनले बताए ।

    ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको बताउँदै अध्यक्ष नेपालले भने, ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो ।’

    उनले जनताले सोचेजस्तो, चाहेजस्तो धेरै कुरा नभएपनि केही काम भने भएको बताए । लाप्राकमा खानेपानी व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

    ‘सडक निर्माण भइरहेको रहेछ, यसलाई पूरा गर्नुपर्ने,’ उनले भने, ‘खानेपानी र ढलको पनि यहाँ व्यवस्थापन गर्नुपर्ने रहेछ, म सरकारलाई पनि भन्छु ।’ अध्यक्ष नेपालले मानिस जाँडको मातले जस्तै पदको मातले पनि लाग्ने भन्दै सरकारलाई खबरदारी गरिरहन आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.