सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा शुरु


  •    न्युजभित्तो/२ चैत्र २०७८, बुधबार १६:४४ 
  • काठमाडौं, । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक शुरु भएको छ । संसदीय दलको बैठक केही समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा शुरु भएको हो ।

    संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक शुरु भएको हो । बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने भएको छ । देशमा विकसित समसामयिक राजनीतिक अवस्था र आगामी स्थानीय तहको निर्वाचनको विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

    हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् ।

    यसरी सरकारले एक्कासी संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । संसदको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । सरकारले अचानक संसदको अधिवेशन स्थगित गरेपछि पार्टीको अधिकारिक धारणा सार्वजनिक गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

    चालु हिउँदे अधिवेशन अवधिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) भने संसद्बाट अनुमोदन गर्नु काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ठुलो उपलव्धिको रुपमा लिएको छ ।

    यस्तै गत फाल्गुन २९ गते आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने प्रस्ताव पेश भएको छ । तर संसदको बजेट बजेट अधिवेशन वैशाखदेखि मात्र शुरु हुने भएकाले प्रधानन्यायाधीश जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथिको छलफल हुन अझै महिनौ कुर्नुपर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.