सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय निर्वाचन घोषणा भएसँगै टोलटोलमा राजनीतिक गतिविधि


  •    न्युजभित्तो/२ चैत्र २०७८, बुधबार १२:५१ 
  • चितवन,२ चैत। आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा भएसँगै दलीय गतिविधि टोलटोलसम्म पु¥याइएको छ । जिल्ला, क्षेत्र, प्रदेश, पालिका, वडाहुँदै टोलसम्म राजनीतिक दलका समिति बन्ने काम धमाधम भइरहेका छन् ।

    जिल्लाका प्रमुख दलहरुले टोलमा भेला गरेर समिति बनाउने र निर्वाचन केन्द्रित अभियान सुरु गरेका छन् । नेकपा (एमाले) चितवनले टोलटोलमा एमाले, घरघरमा एमाले, जनताको सुख र दुःखमा नेकपा एमाले भन्ने अभियान सञ्चालन गरिरहेको छ ।

    फागुन २१ गतेबाट अभियान सुरु गरिएको हो । जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार टोल समितिमात्र २०० भन्दा बढी गठन भइसकेका छन् । वडा तहमा बन्न बाँकी जनसङ्गठनका समिति बन्ने काम पनि भइरहेका छन् । यससँगै घरदैलो अभियान जारी राखिएको उहाँले जानकारी दिनुभयो ।

    वडा तहलाई सम्भावित उम्मेदवारको नामावली सङ्कलन गर्न निर्देशन पनि दिइएको छ । जिल्लामा एमालेका २५ हजार सङ्गठित सदस्य रहेकामा नवीकरण २० हजारको भइसकेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी गाउँ तहमा केन्द्रित भएर अभियान गरिरहेका छौं ।”

    नेपाली कांग्रेसको नवनिर्वाचित समितिले पनि अभियान सुरु गरेको छ । घर–घर जाआँैं, कांग्रेस जिताऔँ भन्ने अभियान सुरु गरिएको हो । जिल्ला सचिव ध्रुवराज पोख्रेलका अनुसार जिल्ला तह र क्षेत्रीय तहमा कार्यक्रम गरिसकिएको छ । जिल्ला समितिको आज बस्ने बैठकले ९८ वडामा दुई जनाका दरले जिल्लास्तरका प्रतिनिधि खटाउने तयारी गरिएको छ ।

    ती प्रतिनिधिको उपस्थितिमा टोल–टोलसम्म अभियान गरिने छ । धेरै टोल समिति बनिसकेको भन्दै उहाँले बाँकी रहेका समिति बन्ने बताउनुभयो । पार्टीसहित भ्रातृ संस्थाका समितिसमेत बनाएर निर्वाचन केन्द्रित भएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अबको निर्वाचनमा स्थानीय तहमा कांग्रेसको वर्चश्व हुनेगरी हामी अभियानमा लागेका छौँ ।” नेपाली कांग्रेस चितवनका क्रियाशील सदस्य २८ हजार रहेका छन् ।

    नेकपा ९माओवादी केन्द्र०ले चुनाव केन्द्रित अभियान थालेको छ । टोल तहसम्म एकाध ठाउँबाहेक अन्यत्र समिति बनाउने काम भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताउनुभयो । जनवर्गीय सङ्गठनको तल्लो तहमा समिति बनाउने काम भइरहेको उहाँको भनाइ छ । मोर्चा गठन, भेला सम्मेलनमा आफू केन्द्रित भएको परियारले बताउनुभयो ।

    यसै हप्ता जिल्ला समितिको बैठक बसेर टोल–टोलमा अभियान, घर–घरमा माओवादी भन्ने अभियानका साथ पार्टी टोलटोलमा पुग्ने काम थालिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा माओवादी केन्द्रका २५ हजार सङ्गठीत सदस्य रहेको उहाँको भनाइ छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । जिल्लाका वरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्लेले पार्टी प्रवेशसँगै वडा कार्यालय खोल्ने काम भइरहेको जानकारी दिनुभयो । समिति निर्माण गर्ने, पार्टी प्रवेश गराउनेसँगै कार्यालय स्थापना गरेर पार्टीलाई निर्वाचन केन्द्रित बनाउने काम भइरहेको उहाँको भनाइ छ । जिल्लामा राप्रपाका नौ हजार सक्रिय सदस्य रहेको बाग्लेले जानकारी दिनुभयो ।

    गएको स्थानीय निर्वाचनमा जिल्लाका ९८ वडामध्ये (नेकपा एमाले)ले ५७ वडाध्यक्ष जितेको थियो । नेपाली कांग्रेसले ३५ र माओवादी केन्द्रले ६ वडाध्यक्ष जितेको थियो । रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख दुवै जितेको थियो । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो । माडी नगरपालिकामा माओवादी केन्द्रले प्रमुख र नेकपा एमालेले उपप्रमुख विजयी हासिल गरेको थियो । इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै नेपाली कांग्रेसले जितेको थियो । जिल्लामा तत्कालीन समयमा तीन लाख १३ हजार तीन मतदाता रहेका थिए । अहिले यो सङ्ख्या बढेर तीन लाख ९९ हजार ८७१ पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.