सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चुनावका लागि टोल समिति सक्रिय बनाउँदै कांग्रेस


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार १६:५३ 
  • काठमाडौं,१ चैत। स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो प्रारम्भिक संरचना टोल कार्य समितिलाई सक्रिय बनाउने तयारी गरेको छ ।

    २९ फागुदेखि सुरु भएको कांग्रेसको एक महिने चुनावी अभियानका क्रममा बाँकी रहेका टोल समिति गठन गर्ने र अधिकतम नागरिकलाई पार्टीसँग जोड्ने कांग्रेसको तयारी छ ।

    कांग्रेसको विधानमा पार्टी संरचना आठ तहको हुने उल्लेख छ । जसमा टोल, वडा, गाउँ(नगर, प्रदेश निर्वाचन क्षेत्र, संघीय प्रतिनिधि सभा, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति रहेका छन् ।

    कांग्रेसको वडादेखि केन्द्रसम्मको कार्यसमिति बने पनि अधिकांश स्थानमा टोल कार्यसमिति बनेका छैनन् । कांग्रेसमा वडा समितिले आवश्यकता अनुसार टोल समिति गठन गर्न सक्ने व्यवस्था छ ।

    कांग्रेसको विधान अनुसार टोल कार्यसमिति नागरिकसँग जोडिने सबैभन्दा तल्लो तहको पार्टी संरचना हो । विधानको दफा ५ ९२० ग मा टोल कार्यसमितिको काम, कर्तव्य र अधिकारबारे लेखिएको छ, ‘मतदातासँग निरन्तर सम्पर्क र सम्वाद गर्ने तथा आवश्यकता अनुसार सहयोग पु¥याउने ।’

    त्यस्तै निर्वाचनको समयमा पार्टीको प्रचार प्रसार, निर्वाचन तथा मतदानसँग सम्बन्धित आवश्यक व्यवस्थापन गर्ने र माथिल्लो निकायलाई प्रतिवेदन पठाउने काम पनि टोल कार्यसमितिलाई तोकिएको छ ।

    तर तल्लो तहको यो कार्यसमितिले कांग्रेसभित्र त्यति महत्व पाइरहेको छैन । कांग्रेसका कतिपय नेताहरुले चुनाव जित्नका लागि टोल कार्यसमिति महत्वपूर्ण हुने भन्दै यसलाई क्रियाशील बनाउनुपर्ने मत राख्दै आएका छन् ।

    गत २८ फागुनमा चितवनको रत्ननगरमा आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले टोल समितिलाई परिचालन गर्दा चुनाव जित्न सहज हुने र खर्च पनि कम लाग्ने बताए । ‘आफ्नै टोलमा समय दियौं भने न धन चाहिन्छ, न धनवाला मान्छे उम्मेदवार बनाउनुपर्छ’ थापाले भनेका थिए ।

    टोल समिति सक्रिय बनाउँदा धेरै कार्यकर्ताले काम गर्ने अवसर र भूमिका पाउने नेताहरु बताउँछन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको तल्लो संरचनालाई सर्कुलर पठाउँदै १५ चैतभित्र बाँकी रहेका टोल समिति बनाउन निर्देशन दिएका छन् ।

    टोल कार्यसमिति सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवसहित १५ सदस्यीय हुने कांग्रेसको विधानमा व्यवस्था छ ।

    कांग्रेस महामन्त्री शर्मा भूमिका भएपनि कामविहीन कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्न ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ नीति लिएको बताउँछन् । ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ भन्दै गर्दा स्थानीय संरचनालाई पूर्णता दिने कार्य हुन्छ’ शर्माले अनलाइनखबरसँग भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.