सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान आजदेखि


  •    न्युजभित्तो/१ चैत्र २०७८, मंगलवार १२:१५ 
  • चितवन, १ चैत। नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।” चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ गरिँदै छ ।

    उहाँका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ । क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिनुभएका केन्द्रीय प्रतिनिधि अव्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउनु हुनेछ ।अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित कांग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र कांग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् ।

    फागुन २९ गतेदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी सङ्गठनलाई जनस्तरसम्म पु¥याइने छ । चितवनमा पार्टीको १४औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.