सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली


  •    न्युजभित्तो/२८ फाल्गुन २०७८, शनिबार १६:५४ 
  • काठमाडौँ,२८ फाल्गुन।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिएका छन् ।

    नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले भने, “नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।” राष्ट्रसेवक कर्मचारीले जुनसुकै सरकारलाई असहयोग होइन साथ र सहयोग पुर्याउनपर्नेमा सुझाव दिँदै अध्यक्ष ओलीले एमाले प्रतिपक्षमा रहे पनि पार्टी प्रवेशको लहर चलेको बताए ।

    आगामी निर्वाचन स्वच्छ र निष्पक्षकासाथ सम्पन्न गर्ने दायित्वमा नचुक्न सल्लाह दिँदै उनले लोकतन्त्र र ट्रेड युनियन अधिकारका औचित्यपूर्ण मागमा तलमाथि भएमा सहयोग र साथ दिने वचन दिए ।

    अध्यक्ष ओलीले देशको अर्थतन्त्र ध्वस्त अवस्थामा पुग्दै गरेको बताउँदै निर्वाचनका माध्यमबाटै पुनःसरकारमा आउने दाबी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.