नारीको निर्णायक उपस्थिति, सहभागिता र नेतृत्वविना देश विकास असम्भव
न्युजभित्तो/२४ फाल्गुन २०७८, मंगलवार ०७:५२
विष्णु अधिकारी
आज मार्च ८, ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्षको नारा “Gender Equality Today for a Sustainable Tomorrow”(The theme of International Women’s Day 2022) “आजको लैङ्गिक समानता भोलिको दिगो विकास” रहेको छ । जमिन तथा उत्पादनका साधनमा महिलाको समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी भन्ने मुख्य धारणाका साथ प्रत्येक वर्ष विश्वभर नारी दिवस मनाउने गरिन्छ ।
सन् १९१० मा डेनमार्कको कोपनहेगनमा भएको समाजवादी श्रमिक महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनकी समाजवादी पार्टीको नेत्री क्लारा जेट्किनले हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने प्रस्ताव गरिन र त्यो प्रस्ताव पारित भयो । सन् १९११ देखि महिला मुक्तिको लागि नारीहरुले गरेको संघर्षको सम्झनामा हरेक मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस मनाउँदै आइएको छ। आधा आकाश ढाकेका नारी जातिहरुका लागि नारी दिवस अत्यन्त महत्वपूर्ण दिन हो ।
नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजानको लागि पनि यो दिवसले इट्टा थप्ने काम गरेको छ । अन्याय, अत्याचारमा फसेका शोषण र दमनमा परेका महिला मुक्तिका लागि आवाज बुलन्द गर्ने यो ऐतिहासिक दिवस नेपालमा बि.सं. १९७५ देखि मनाउन थालिएको हो ।
नारामा नारी र पुरुष समान हुन् तर व्यवहार फरक छन्। यही पक्षपाती व्यवहारकै कारण नारी धेरै पछि पारिएका छन् । खासमा नारी कमजोर हैनन् न त असक्षम नै हुन् । महिलाहरु खेतीपातीदेखि घर व्यवहार, ब्यापार, रोजगारी र घरभित्रदेखि घरबाहिरसम्मको काममा उत्तिकै डट्न सक्ने भएका छन्।
हाम्रो देशमा पनि अहिले पहिलेको दाँजोमा महिला साक्षरता र महिला सहभागिता बढी मात्रामा रहेको छ । हरेक क्षेत्रमा महिला सहभागिता बढ्दो क्रममा छ, जस्तै— डाक्टर,नर्सिङ इन्जिनियर, वकिल, व्यवसायी, पत्रकारिता क्षेत्र, संसद्, सरकारी कार्यालय, गैरसरकारी तथा शैक्षिक क्षेत्र र यस्तै अन्य क्षेत्रमा महिलाको बढ्दो सहभागिता रहेको छ । तर पितृसत्तामक घेराभित्र रुमलिइरहेको समाजले महिलाको कामको उचित मूल्याङ्कन नगर्दा महिला कमजोर देखिएका भने अवश्य हुन् । घरमा खाना पकाउने बालबच्चालाई स्याहारसुसार गर्ने कुशल गृहणीको भूमिकादेखि राष्ट्र प्रमुखसम्ममा आफूलाई कुशल र सफल सावित गरिसकेका महिला कसरी कमजोर हुन्छन् ? वास्तवमा नारीहरु कुनै पनि कुरामा कम्जोर छैनन् भन्ने कुरालाई पुष्ठि गर्नको लागी पनि यस्ता नारी दिवस जस्ता चेतनामूलक दिनहरू आवश्यक पर्ने हुन्छन् ।
नारी उत्पीडन र शोषण विश्वमा निकै युगसम्म चल्यो । उनीहरु भित्र जागरुक हुने चेतनाको विकास भयो । शोषण, उत्पीडनका विरुद्ध विश्वका नारीहरू आ–आफ्ना घरपरिवार र स्थानबाट संघर्षका पाइलाहरू चाल्न थाले । नारी बन्धनबाट मुक्त हुन खोजे, महिलाहरूको सामाजिक‚ राजनैतिक‚ आर्थिक जीवन परिवर्तनमा धेरै हदसम्म भूमिका खेलेको बताइने यो अभियानले श्रमिक तथा आम महिलाहरूको जीवनमा भने अझै पनि उल्लेख्य प्रभाव पार्न नसकेको पाइन्छ । परिवर्तन नभएको हैन धेरै भएको छ तर पनि प्रयाप्त छैन । अझै पनि महिलामाथीको दमन र अत्याचार कायम छ भन्ने पुष्ठि विभिन्न घटनाक्रमले देखाउँछ ।
नारी हक अधिकारमा धेरै परिवर्तनहरु आएको छ । नारीहरुको यो महत्वपूर्ण दिनमा नारी अधिकारका कुरा गर्ने र केवल कागजमा लेखेर मात्र यो सीमित हुनु हँदैन । यिनीहरुको उत्थानको कुरा गर्ने हो भने अब महिलाको आत्मसम्मानको रक्षा पुरुषबाट हुन जरुरी छ । महिलाहरुको कार्यको उचित मूल्यांकन गर्दै उनीहरुलाई निर्णायक बनाउने दिशामा काम गर्न नितान्त आवश्यक छ ताकि नारीहरुले आफ्नो अस्तित्वको सम्मान गर्न सकून् । यसको लागि पुरुषहरूले महिलाहरुलाइ आफुले घरको काम सघाएर भय पनि समाजमा महिला वा श्रीमतीको स्थान उच्च राख्न सधाउनु पर्छ।
नारीको निर्णायक उपस्थिति, सहभागिता र नेतृत्वविना देश विकास अनि समृिद्ध नेपाल सुखी नेपाली सम्भव छैन । अब हरेक महिलालाई अघि बढाउन सबै पुरुषहरुले जिम्मेवारी वहन गर्नै पर्छ । कतिपय संकीर्ण मानसिकताबाट आएका पुरुषहरुले महिलाहरुलाई अवसर र अधिकार दिँदा आफ्नो अधिकार गुम्छ कि भन्ने साँघुरो सोच बनाएका हुन्छन् तर यो सोचबाट पुरुष माथि उठ्न जरुरी छ । अब हरेक नारीका महिलामैत्री गोष्ठी, सेमिनार र समारोहमा पुरुष पनिसँगै सहभागिता हुनुपर्छ । तबमात्र नारीका हरेक अधिकार सुनिश्चित हुन्छन् ।
अन्तमा, अन्तर्राष्ट्रिय नारी दिवसले लैंगिक समानताका विषयलाई आत्मसात् गर्न र लैंगिक समानताका लागि क्रियाशील अधिकारकर्मी तथा अभियान्ताहरू लगायत सम्बद्ध सबैलाई उत्साहका साथ काम गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्दै ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा हार्दिक शुभकामना ।