सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

समयमा निर्वाचन गर्न एमाले उपाध्यक्ष नेम्वाङको आग्रह


  •    न्युजभित्तो/२१ फाल्गुन २०७८, शनिबार १६:३३ 
  • काठमाडौँ,२१ फाल्गुन।  नेकपा (एमाले) का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गरेका छन् ।

    प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उनले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गरे ।

    उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पानीको पानी छुट्याउन दिनुपर्ने बताए । उनले संविधान अनुसार अब तीनै तहको निर्वाचनमा होमिनुको विकल्प नरहेकोसमेत बताए ।

    कार्यक्रममा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले पत्रकारले सत्य–तथ्य र निष्पक्षताका आधारमा जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालको बागमती प्रदेशभित्रको चितवन शाखालाई उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरिएको छ ।

    कार्यक्रममा चौतारीका पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष टीका विष्ट, गणेश पाण्डे, महासचिव राजेश राई, उपमहासचिव हीरामान लामा, उपत्यका इञ्चार्ज प्रकाश सिलवाल, प्रतिष्ठानका इञ्चार्ज हरिबल्लभ नेपाल, एशोसिएट प्रदेशका इञ्चार्ज रामेश्वर कार्कीलगायतले महाधिवेशनपछि चौतारीले वैचारिक, व्यावसायिक र साङ्गठनिक क्षेत्रमा सक्रियता अपनाउने बताउनुभयो । चार वटै प्रदेशका अधिवेशनको बन्दसत्रले आजै नयाँ नेतृत्व चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.