सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निस्सालाई लालपूर्जा भनेर जनता झुक्याउने काम भएको छ : उपाध्यक्ष पाण्डे


  •    न्युजभित्तो/२१ फाल्गुन २०७८, शनिबार १६:०३ 
  • चितवन, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले निस्सालाई लालपुर्जा भनेर जनता झुक्याउने काम भएको बताउनु भएको छ । भरतपुरको ज्ञानेश्वर सामुदायिक वनमा आयोजित बृहत नगरभेला तथा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले लालपुर्जा दिन सरकार असफल बनेको बताउनु भएको हो ।

    उहाँले गएको निर्वाचनमा गरेका वाचाहरु पूरा गर्न नसकेर अहिले जनता झुक्याउने काम गरेको बताउँदै भन्नुभयो “चुनावमा घरघर लालपुर्जा दिन्छु भने, अहिल निस्सा बाँड्दै हिडेका छन् ।” आयोगको छापविनाको निस्सा बाँडेर जनतालाई झुक्याउने कामको खबरदारी गरौँ गर्न उहाँले आग्रह गर्नुभयो । भूमिहिन तथा सुकुम्बासीलाई चुनाव जितेर गएपछि बिर्सिएकाहरुले चुनावको मुखमा निस्सा बाँड्दै हिड्न थालेको उहाँको भनाई छ । उहाँले अगाडि थप्नुभयो “लालपुर्जा वितरण गरौँ, भूमीको स्वामित्व दिन लाग्नुपर्छ । बसिरहेको घर तथा जग्गाको निस्सा अर्थात चिटले समस्या हल हुँदैन ।”

    फरक प्रसंगमा उहाँले एमसीसी सम्झौता अनुमोदन गर्दा गरिएको व्याख्यात्मक टिप्पणी अर्थहिन भएको बताउनुभयो । दुई देशबीच भएको सम्झौता एकतर्फी निर्णय गरेर संसोधन गरिएको भनेर जनतामा भ्रम छर्ने काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “ठूलो दलहरु सम्पत्ति हिनामिना गर्दा, देश बेच्दा एक ढिक्का बन्ने गरेको एमसीसी अनुमोदन गर्दा देखिएको छ ।” उहाँले देश बेच्नेहरुलाई परास्त गर्न राष्ट्रवादी शक्तिहरु एकहुनुपर्नेमा जोड दिनुभयो । “युक्रेनमा रुसले आक्रमण गर्दा राष्ट्रवादी शक्तिहरुले प्रतिवाद गरेजस्तै देश बेच्नेहरुलाई देशबाटै लखेट्नुपर्छ”, पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “देश बचाउन सबै एकजुट बनौँ ।”

    राप्रपा भरतपुर महानगर कमिटीले आयोजना गरेको नगरभेलामा अन्य पार्टी परित्याग गरेर आउनेहरुलाई पार्टी प्रवेश गराइएको छ । आज ५ सय ७० जना राप्रपा प्रवेश गरेका छन् ।

    नगर अध्यक्ष दिपक थापामगरको सभापतित्वमा भएको कार्यक्रम सचिव सुलभ सिग्देलले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा मदन पौडेल, ज्ञानजंग लामा, उर्मिला पाण्डे लगायतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.