कांग्रेस चितवनको अधिवेशन : प्रा.डा.सूर्यकान्त घिमिरेको समर्थन राजेश्वर खनाललाई
न्युजभित्तो/२१ फाल्गुन २०७८, शनिबार ०९:४१
चितवन, २१ फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदको दोस्रो चरणको निर्वाचनमा प्रा.डा.सूर्यकान्त घिमिरेले राजेश्वर खनाललाई समर्थन गर्नु भएको छ । घिमिरेले आज एक विज्ञप्ति प्रकाशित गरी खनाललाई मतदान गर्न आव्हान गर्नुभएको छ ।
घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ “राजेश्वर खनाललाई सर्वाधिक मत प्राप्त भएको हुँदा प्रतिनिधि साथीहरुको भावना र अभिमतको सम्मान गर्दै बिनाशर्त मेरो समर्थन राजेश्व खनाललाई हुने भएकोले दोस्रो चरणको निर्वाचनमा राजेश्वर खनाललाई मतजान गरी सहयोग पु¥याउनु हुन हार्दिक अपिल र आग्रह गर्दछु ।”
नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको प्रतिस्पर्धा हुँदैछ । हिजो भएको मतदानमा खनाल र श्रेष्ठले सर्वाधिक धेरै मत ल्याउनु भएको थियो । प्राप्त मत परिणाम अनुसार खनालले ७४६, श्रेष्ठले ६६२ मत प्राप्त गर्नुभयो । घिमिरेले ४२६ मत प्राप्त गर्नुभएको छ ।