कांग्रेस चितवन अधिवेशन : विजयराज शर्मा भुषालको समर्थन प्रा.डा. सूर्यकान्त घिमिरेलाई
न्युजभित्तो/२० फाल्गुन २०७८, शुक्रबार ०९:२३
चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको सभापति पदका उम्मेदवार विजयराज शर्मा भुषालले अन्तिम समयमा आफ्नो समर्थन प्रा.डा.सूर्यकान्त घिमिरेलाई दिनुभएको छ । विगत दुई वर्षदेखि नै सभापतिको उम्मेदवार घोषणा गर्दै आउनु भएका भुषालले अन्तिम समयमा घिमिरेलाई समर्थन गर्नुभएको हो ।
उहाँले आज एक अपिल जारी गर्दै आफ्नो समर्थन बौद्धिक व्यक्तित्व घिमिरेलाई भएको भन्दै आफूलाई मतदान गर्ने सबैलाई घिमिरेलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । उहाँ पछाडि हटेसँगै जिल्लामा सभापतिका उम्मेदवार पाँच जना भएका छन् । कांग्रेस चितवनको अधिवेशनमा आज मतदान हुँदैछ ।
हेर्नुहोस् भुषालको अपिल जस्ताको तस्तै :
आदरणीय सम्पुर्ण नेपाली कांग्रेसका अग्रज नेतागण मलाइ राजनीतिमा उत्साह उमंग र मागदर्शन गराउने मेरा राजनीतिक अगज्रहरु प्रति मेरो सदैव उच्चसम्मान रहेको छ । मैले राजनीतिक यात्राको चारदशक पारगर्दै यो अवस्थामा आइपुगेको छु । मेरा सम्पुर्ण सहपाठी समकालीन राजनितिक साथीहरुले जोश जागर र होशला सहित सकारात्मक समर्थनमा मैले आफुलाइ अगाडि बढाइरहेको छु । मलाइ माया सदभाव र समर्थन गर्ने सम्पुर्ण आदरणीय चितवनका सबै क्षेत्रमा अपार साथ सहयोग र उर्जाभरी हौशला बुलन्द गर्ने प्रति अत्यान्त आभारी छु । जिल्लाको आन्तरिक चुनावलाइ चुस्त र एकताको सन्देश दिएर आउदै गरेको स्थानीय ,प्रादेशिक र क्षेत्रको चुनावमा चितवन काग्रेसको विजयी बनाउने हाम्रो प्रमुख ध्येय रहदै आएकोमा केन्द्रिय नेताहरु चितवन आएर प्रत्याक्षी जिल्ला सभापति पदका उम्मेदवारहरुलाइ एकठाउमा राखेर एकढिक्का बनाएर साझा उम्मेदवारी दिने सहमतिमा सबैसभापतिविच सहमति जुट्न नसकेमा हामी आफ्नो ब्यक्तिगत हितलाइ भन्दा चितवन काग्रेसको एकता नै बल हो भन्ने सन्देश दिनु मेरो धर्म र कर्तव्य ठानेर आज मैले यो निर्णयात्मक मोडमा उभिएर चितवन जिल्ला सभापति पदको उम्मेदवार आदरणीय बौद्धिक मेरो सहपाठी बिद्यार्थीकालदेखी राजनीतिमा निरन्तर रहनुभएका डा सुर्यकान्त घिमिरेलाइ चितवन जिल्ला सभापती पदमा योग्य र अहिलेको चितवन काग्रेसजनको उच्चमुल्याङ्कन र केन्द्रिय अग्रज नेताहरुको साथ रहेको हुदा मैले आज हुदै गरेको निर्वाचनमा मलाई माया गर्नुहुने सबै चितवनका माडी देखि लोथर सम्म काउले इच्छाकामाना सिद्दी कालिका सबैतिरका क्षेत्रीय प्रतिनिधिहरूसँग हार्दिक विनम्र अनुरोध सहित अत्याधिक बहुमत सहित विजयी बनाउन अनुरोध गर्दछु । जय नेपाल ।