चितवन, २० फागुन । नेपाली कांग्रेस चितवनको नयाँ नेतृत्वका लागि आज मतदान शुरु भएको छ । नारायणगढस्थित नारायणी कलामन्दिरमा भइरहेको अधिवेशनमा ४९ सदस्यीय कार्यसमितिका लागि १५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मतदान ९ः३० बजेबाट शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
जिल्ला सभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। सभापतिमा संस्थापन पक्षबाट बागमती प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री मिलनबाबु श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । संस्थापन इतरबाट प्रा.डा.सूर्यकान्त घिमिरे, उत्तम जोशी‚ राजेश्वर खनालले उम्मेदवारी दिनुभएको छ । उहाँहरू शेखर कोइराला समूहका हुनुहुन्छ । अर्का उम्मेदवार कैलाश कोइराला कुनै समूहमा नरहेको बताउनु भएको छ ।
यस्तै‚ दुई उपसभापतिका लागि १५ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारी दिनेमा शालिक शर्मा पौडेल, राजन गौतम, सुरवीर पोखरेल, उद्धव लोहनी, महेश बानियाँ, हेमलाल भट्टराई, राजेन्द्र डोटेल, रघुनाथ भट्ट, भुवन खनाल, मोहितजंग पाण्डे, नीलमणि पाठक, तेजप्रसाद अधिकारी, बुद्धिबहादुर गुरुङ, निर्मलकुमार श्रेष्ठ र राजीव न्यौपाने रहनु भएको छ ।
यसैगरी २ जना सचिवका लागि आठ जनाको उम्मेदवारी परेको छ। दुई सहसचिवको लागि १० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ।