सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसको नवलपुर जिल्ला अधिवेशन


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १४:१२ 
  • नवलपुर,१९ फागुन। नेपाली कांग्रेस नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र २१ गते मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

    फागुन २१ गते हुने निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुईसचिव, दुई उपसचिव गरी पदाधिकारीको सात पदका लागि निर्वाचन हुने निर्वाचन अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला सदस्यहरुमा एउटा नगरपालिकाबाट एक महिलासहित तीन सदस्यका दरले चार वटा नगरपालिकाबाट १२ सदस्य, एउटा गाउँपालिकाबाट एक महिलासहित दुईसदस्य गरी चार वटा गाउँपालिकाबाट आठ सदस्य निर्वाचित हुने उहाँले जानकारी दिनुभयोे ।

    त्यस्तै खसआर्यबाट दुई महिला र दुई खुल्ला सदस्य, जनजातिबाट तीन महिला र तीन खुल्ला सदस्य गरी छ सदस्य दलित तथा थारुबाट एक–एक महिला र एक खुल्ला गरी दुई सदस्य,अल्पसङ्ख्यक वा अपाङ्गता भएका समुदायबाट एक सदस्यसहित कूल ४१ जनाको जिल्ला कार्यसमिति चयन हुने जनाइएको छ ।
    एक हजार ९६१ जनाले जिल्ला अधिवेशनमा आफ्नो मत प्रयोग गर्नेछन् । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम नेपाली कांग्रेसको जिल्ला कार्यालयको बिपी स्मृति भवनमा र मतदान २१ गते शनिबार लुम्बिनी आदर्श कलेजमा हुने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.