कांग्रेस चितवनको अधिवेशन : कोईराला समूहको बनेन साझा उम्मेदवार
न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १३:४५
चितवन, १९ फागुन । नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन आजदेखि शुरु भएको छ । संस्थापन पक्षमा एक जना मात्रै उम्मेदवार हुनुहुन्छ भने इतर पक्षमा आकांक्षी धेरै छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ एक्लो उम्मेदवार भएको उहाँको दावी छ । डा. सूर्यकान्त घिमिरे, उत्तम जोशी, विजय भुषाल र राजेश्वर खनाल संस्थापन इतर पक्षबाट सभापतिमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कैलाश कोईरालाले आफू कुनै पनि पक्ष नलिई सबैको साझा उम्मेदवार रहेको दावी गर्नुभएको छ ।
संस्थापन इतर पक्ष मिलाउन बुधबारबाट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी जुटिरहनु भएको छ । जिल्लाका नेता र उम्मेदवारहरुलाई समूहगत र एकल भेट्दै आउनु भएका केसीले पहिलो चरणमा मिल्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो “पहिलो चरणमा साथीहरु मिल्ने देखिएन, दोस्रो चरणमा आफ्ना समूहका उम्मेदवारलाई सहयोग गर्ने वातावरण बनेको छ ।”
केन्द्रमा सभापतिका उम्मेदवार बन्नु भएका डा. शेखर कोईराला समूहबाट एक जना उम्मेदवार बनाउन गृहकार्य गर्न केसी यहाँ आउनु भएको हो । सो समूहको पहिलो चरणमा आधिकारीक उम्मेदवार बन्न नसकेपछि आफ्नो अनुकूल मतदान गर्ने भएका छन् ।
संस्थापन पक्षमा एकल उम्मेदवार भए पनि आन्तरिक बेमेल रहेको छ । वेमेल अन्त्य गर्न सो समूहका नेताहरु जुटेका छन् । आज मनोनयनसँगै भोलि शुक्रबार निर्वाचन हुँदैछ । पहिलो चरणमा ५० प्रतिशतभन्दा बढी मत कुनै उम्मेदवारले ल्याउन नसकेमा दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।