सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस चितवनको अधिवेशन आज, को बन्ला सभापति ?


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार ०८:११ 
  • चितवन, फागुन १९ । नेपाल कांग्रेस चितवनको जिल्ला अधिवेशन आज बिहीबारदेखि नारायणगढस्थित नारायणी कला मन्दिरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको पहिलो दिन आज निर्वाचन प्रक्रिया सुरु लागेको हो ।

    निर्वाचन तालिका अनुसार बिहीबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन हुनेछ । बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्य चल्ने छ । दिउँसो १ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, १ः३० बजेदेखि २ बजेसम्म दावी विरोध, २ः१५ बजे दावी विरोध पश्चात उम्मेदवारहरुको दोस्रो नामावली र २ः१५ देखि ३ः३० बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिइएको छ ।

    दिउँसो ४ बजे अन्तिम नामावली प्रकाशन र शुक्रबार बिहान ९ बजेदेखि मतदान प्रक्रिया अघि बढ्ने जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसपटक अधिवेशन उद्घाटन सत्र सामान्य रुपमा गर्न लागिएको छ । शुक्रबार बिहान मतदान अघि जिल्लामा उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति जीतनारायण श्रेष्ठले संयुक्त रुपमा अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै अपरान्ह ५ बजेसम्म मतदान चल्ने छ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

    चितवन कांग्रेसको नयाँ नेतृत्वका लागि छ जना चुनावी मैदानमा छन् । डा. सूर्यकान्त घिमिरे, कैलाश कोईराला, उत्तम जोशी, विजय भुषाल, राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठले सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् । संस्थापन अर्थात् सभापति शेरबहादुर देउवा पक्षबाट श्रेष्ठ सभापतिको उम्मेदवार छन् भने संस्थापन इतरबाट पाँच जना उम्मेदवार रहेका छन् । यसले गर्दा सभापतिको मतदान दोस्रो चरणमा जाने संभावना बढेर गएको छ । जिल्लामा संस्थापन इतरको पकड बलियो भए पनि उम्मेदवार संख्या धेरै हुँदा दोस्रो चरणको निर्वाचन हुने सम्भावना बढेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.