सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणकाजी र विप्लव नजिकिएसंगै प्रचण्ड तनावमा


  •    न्युजभित्तो/१८ फाल्गुन २०७८, बुधबार १२:४३ 
  • काठमाडौं,१८ फाल्गुन ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । नेता श्रेष्ठलाई भेट्न विप्लव आज बुधबार बिहान श्रेष्ठ निवास हात्तीवन पुगेका थिए ।

    पछिल्लो समय एमसीसी प्रतिनिधिसभावाट अनुमोदन भएको कारण पार्टीभित्र गहिरो मतभेद भएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग असन्तुष्ट रहेका छन् । श्रेष्ठ र विप्लवबीच नजिकिएसंगै प्रचण्डलाई थप तनाव बढेको छ ।

    दुई नेताहरु वीच भएको भेटवार्तामा संसदबाट एमसीसी अनुमोदन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जबरजस्ती गरेको भन्दै राष्ट्रवादको पक्षमा रहेकाहरु एकजुट हुनुपर्ने विषयमा कुराकानी भएको नेताहरूले जानकारी दिएका छन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

    कतिपयले श्रेष्ठले पार्टी फुटाउन लागेको भनेर समेत चर्चा गरेका छन् । यही अवस्थामा नेता श्रेष्ठलाई भेट्न विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । एमसीसी संसदवाट अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौैथो दिन भेटवार्ता भएको हो ।

    यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो मंगलबार पूर्वउपप्रधानमन्त्री समेत रहेका पार्टीका नेता श्रेष्ठलाई भेट्न श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । अस्ति प्रचण्डले नेता श्रेष्ठलाई ‘पार्टी छोडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएर श्रेष्ठ पक्षधरहरुको आक्रोश चुलिँदै‌ गएपछि आज मंगलबार प्रचण्ड नेता श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका थिए ।

    प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका हुन् । प्रचण्डले एमसीसीका विषयमा आफहरुबीच उत्पन्न भएको फरक दृष्टिकोणलाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।

    जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका थिए । श्रेष्ठले आफूले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर प्रचण्डको हिजो सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.