सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थानीय तह निर्वाचनको लागि ८० दल भिड्ने


  •    न्युजभित्तो/१७ फाल्गुन २०७८, मंगलवार १०:३८ 
  • काठमाडौं,१७ फाल्गुन।  निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ सम्म निवेदन दिन आग्रह गरेको थियो।

    आयोगमा निवेदन दिएका ८० दलले मात्रै देशैभरिका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा निर्वाचन लड्न सक्नेछन्। आयोगमा दर्ता भएका राष्ट्रिय दलको मान्यता प्राप्त ६ पार्टीसँगै अन्य साना दलले निर्वाचनमा भाग लिने प्रयोजनका लागि निवेदन दिएका हुन्। आयोगमा ११० वटा राजनीतिक दल दर्तामा थिए।

    एउटा थपिएपछि दलको संख्या १११ पुगेको छ। निर्वाचन आयोगमा २०७८ साउन १९ को निर्णयानुसार दर्ता रहेको नेपाः राष्ट्रिय पार्टी नामक राजनीतिक दल आयोगले दर्ता खारेज गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। सर्वोच्चले गत पुस २१ मा दल खारेज नगर्न अन्तरिम आदेश दिएको थियो। योसँगै साबिककै दल दर्ता कायम भएपछि दलको संख्या १११ पुगेको हो।यो समाचार आजको नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.