सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ८६ हजार बढी मतदाता थपिने अनुमान, अद्यावधिक गरिँदै,


  •    न्युजभित्तो/१६ फाल्गुन २०७८, सोमबार ११:४४ 
  • चितवन, १६ फागुन । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ । निर्वाचनमा मतदान गर्न योग्य मतदाताको यकिन गर्न कार्यालयले मतदाता नामावली अद्यावधिक गर्न लागेको हो ।

    निर्वाचन कार्यालयले दोहोरो परेका, नागरिकता त्यागेका, मृत्यु भएका, बसाईसरी गएका र त्रुटि भएका मतदाताको नामावली अद्यावधिक गर्न लागेको हो । २० देखि २६ फागुनसम्म मतदाताको नामावली अद्यावधिक गरिने निर्वाचन कार्यालयका प्रमुख भिमसेन कार्कीले जानकारी दिए । ‘मतदाता नामावलीमा दर्ता भएका १८ वर्षमुनिका व्यक्तिको नाम हटाएर आयोगले हामीकहाँ पठाएको छ । अब त्यसलाई अद्यावधिक गरेर पुनः आयोगमा पठाउछौँ । त्यसपछि मात्र आयोगले फोटोसहित मतदाताको अन्तिम नामावली प्रकाशन गर्छ’, उनले भने । नामावली अद्यावधिक गर्दा करिब २०० को हाराहारीमा मतदाता संख्या थपरघट हुन सक्ने उनले बताए ।

    निर्वाचन आयोगले आगामी २९ वैशाखसम्म पनि १८ वर्ष नपुग्ने मतदाता नामावलीमा दर्ता भएका व्यक्तिको नामावली हटाएर जिल्लामा पठाएको छ । चितवनमा त्यस्ता मतदाताको संख्या तीन लाख ९९ हजार ८७१ रहेको छ । ४ चैत २०७७ सम्म चितवनमा तीन लाख ६८ हजार ३८२ मतदाता थिए । पछिल्लो पाँच वर्षमा ८६ हजार ८६८ मतदाता थपिएका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनका बेला चितवनमा तीन लाख १३ हजार तीन मतदाता थिए । निर्वाचनमा दुई लाख ४० हजार ११४ जना अर्थात् ७६।७१ प्रतिशतले मताधिकार प्रयोग गरेका थिए ।

    निर्वाचन कार्यालयका अनुसार २९ वैशाखसम्म १८ वर्ष पूरा हुने मतदाताहरु भरतपुर महानगरमा एक लाख ८६ हजार ६७०, रत्ननगरमा ५२ हजार ८३९, खैरहनीमा ४३ हजार ७०८ र कालिकामा ३१ हजार ४०७ रहेका छन् । त्यस्तै, राप्तीमा ४० हजार ९६८, माडीमा २८ हजार ४९३ र इच्छाकामनामा १५ हजार ७८६ मतदाता छन् ।

    मतदाताको नामावली अद्यावधिक गर्न तथा कुनै दाबी विरोध भए उजुरी गर्न निर्वाचन कार्यालयले आह्वान गरेको छ । अद्यावधिक तथा दाबी विरोधको कार्यक्रमको सूचना तथा मतदाता नामावली यही १९ फागुनसम्ममा स्थानीय तह, नापी, मालपोत कार्यालयलगायतका स्थानमा टाँसिने उनले बताए । त्रुटि सच्याउन वा कसैले झुटा विवरण दिएर मतदाता नामावली दर्ता गरेमा उजुरी गर्न २० देखि २२ फागुनभित्र निर्वाचन कार्यालयमा निवेदन दिन उनले आग्रह गरे । कसैको मतदाता परिचय पत्र हराएको छ भने पनि सम्बन्धित वडाको सिफारिस लिएर निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने उनले बताए ।

    मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नामावली हटाउन २० देखि २३ फागुनसम्म एकाघरको सदस्य वा अन्य कुनै व्यक्तिले निर्वाचन कार्यालयमा सूचना दिनसक्ने छन् । सामान्यत निर्वाचनको तयारी गर्नका लागि निर्वाचन आयोगले १२० दिनको समय माग्छ । यस पटक स्थानीय तहको निर्वाचन गर्न ९४ दिन मात्रै पाएकाले अद्यावधिक गर्ने कार्यक्रमका लागि समय कम राखिएको निर्वाचन कार्यालयका प्रमुख कार्कीले बताए ।

    सरकारले गएको २४ माघमा स्थानीय तहको निर्वाचको मिति घोषणा गरेपछि मतदाता नामावली दर्ता संकलनको काम रोकिएको हो । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदान केन्द्रको संख्या ४५५ पुग्ने अनुमान गरिएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा १६१ वटा मदतान स्थल र ४०८ वटा मतदान केन्द्र थिए । यस पटक ४७ वटा मतदान केन्द्र थपिने अनुमान गरिएको उनी बताउँछन् ।

    एउटा मतदान स्थल भित्र सात वटासम्म मतदान केन्द्र रहने उनले बताए । एउटा मतदान केन्द्रमा बढीमा एक हजार मतदाताले मतदान गर्न पाउने गरी व्यवस्था मिलाइने छ । (कुलप्रसाद काफ्ले/न्युज कारखाना)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.