काठमाडौँ, १५ फाल्गुन। पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सडकको आवाज संसदले सुन्नुपर्नेमा ध्यानकर्षण गराएका छन् । एमसीसीको बिपक्षमा बाहिर सडकमा चर्को विरोध भई रहेकोले सो आवाजलाई पनि ध्यान दिन उनले आग्रह गरेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदवाट पारित गर्न छलफलका लागि पेश गरेपछि उक्त छलफलमा भाग लिंदै नेता खनालले यस्तो बताएका हुन् ।
उनले विगतमा आफू प्रधानमन्त्री हुँदा एमसीसी अघि बढेको भन्ने आरोपलाई खण्डन गर्दै त्यो नभएको पनि स्पष्टीकरण दिएका छन् । खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह समेत गरेका छन् ।
खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र संसदवाट पारित गर्नुपर्नेमा जोड दिए । उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् ।