सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ लग्छौँ : प्रचण्ड


  •    /८ बैशाख २०७६, आईतवार १६:३१ 
  • नारायण अधिकारी

    चितवन (रासस)

    पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सामाजिक न्याय सहितको आर्थिक समृद्धि र समाजबाद उन्मुख राज्यका निम्ति सहकारीको भूमिका वढाउनु पर्ने बताउनु भएको छ । जिल्ला सहकारी संघ चितवनले यहाँ निर्माण गरेको साझा पेट्रोल पम्पको आज उद्घाटन गर्नुहुँदै उहाँले समुदायमा सहकारीले महत्वपूर्ण योगदान दिएको बताउनु भयो ।

    तीन खम्बे अर्थ नीति अन्तर्गतको सहकारी अन्ततः सामाजिक न्यायसहितको आर्थिक समृद्धिको अनिवार्य सर्त भएको भन्दै उहाँले समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको बताउनु भयो । उहाँले भन्नुभयो “हामी सबै प्रमुख राजनैतिक दल र नेताहरुले राष्ट्रिय सहमतिका साथ एउटा सङ्कल्प गरेका छौँ, हामी सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ नेपाललाई लिएर जाने छौँ ।” संविधानलेनै अर्थ नीतिको परिकल्पना गर्दा तीन खम्बे नीति भनेर सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको अर्थतन्त्रलाई अगाडि बढाउने स्पष्ट निर्देश गरेको उहाँले बताउनु भयो ।संविधान अनुसार नै आवश्यक ऐन, नियम बन्ने प्रकृया अगाडि बढिरहेको उहाँले बताउनु भयो ।

    दाहालले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनमानै रहेको भन्दै सहकारी अभियानको चितवन संस्थापक जिल्ला भएको पनि बताउनु भयो । देशमा विकास निर्माणका थुप्रै रेकर्ड राख्ने कामहरु हुँदै गएकोमा धेरै चितवनमा हुने भन्दै त्यसको पनि केन्द्र भरतपुर महानगर रहने उहाँले बताउनु भयो ।सो पम्प दर्ताको प्रकृयामा आफुले समेत सहयोग गरेको दाहालको भनाई थियो ।

    कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष टिकाराम भट्टराईले जिल्लाका दुई सय ९४ सहकारीको २५ हजार रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्मको लगानीमा पम्प सुरु गरिएको बताउनु भयो । सोही अवसरमा संघले निर्माण गरेको पम्प निर्माण उपसमितिका संयोजक भक्तिराम अधिकारीले अन्य पम्पको भन्दा प्रतिलिटर २५ पैसा सस्तोमा तेल विक्रि गरिने बताउनु भयो ।  

    भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको जिल्ला सहकारी संघको जग्गामा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माणका लागि चार करोड ६६ लाख ३७ हजार रुपैयाँ लगानी भएको अधिकारीले वताउनु भयो । अत्याधुनिक प्रविधिबाट नमूना पम्प निर्माण गरेको बताउँदै उहाँले पेट्रोल र डिजेल गरि एक लाख चार हजार लिटर क्षमता रहेको बताउनु भयो । एकै पटकमा आठ वटा गाडीमा तेल हाल्ने व्यवस्था मिलाईएको छ ।

    एक विगाहा क्षेत्रफलमा फैलिएको पम्पमा अपाङ्ग मैत्री शौचालय, भान्छा घर, ग्रोसरी, ज्याक वास, हावा भर्ने ठाउँ लगायतका सुबिधा रहेको छ । सोहि क्षेत्रमा २२ वटा सटर समेत निर्माण गरी यात्रुलाई सेवा दिन लागेको अधिकारीले बताउनुभयो । एक वर्ष अघि निर्माण थालिएकोमा हालै मात्र आयल निगमद्वारा सञ्चालन अनुमति दिएपछि पम्प संञ्चालनमा आएको हो ।  चौबीसै घण्टा पम्प सञ्चालन गरिने जनाईएको छ ।संघले सोहि ठाउँमा वहुउद्देश्यीय भवन र फूलबारीमा तरकारी सङ्कलन केन्द्र सञ्चालन गर्ने योजना बनाएको संघका उपाध्यक्ष हरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.