सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीबारे धारणा बनाउन लोसपाको बैठक बस्दै


  •    न्युजभित्तो/११ फाल्गुन २०७८, बुधबार १०:५८ 
  • काठमाडौँ,११ फागुन। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० को बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए ।

    ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हो त त्यसको बारेमा छलफल गर्न आज हामीले संसदीय दलको बैठक बोलाएका छौँ, उनले भने, ‘आजको संसदीय दलको बैठकले एमसीसीको बारेमा धारणा तय गर्नेछ ।’ ​संसद्‍बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताए । एमसीसी नेपालको हितमा रहेको र यसलाई पारित गराउनु नै राम्रो हुने बताउँदै उनले कसैको जुँगाको लडाइँका कारण विकास कार्यलाई अवरोध गर्न नहुने बताए ।​ लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीमा पनि सबै नेताबीच एमसीसीको बारेमा एकमत रहेको छ । आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।

    यसैबीच, संसदीय दलको बैठकपछि पार्टी शीर्ष नेताको पनि बैठक बस्नेछ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन भएका पद तथा तदर्थ समितिको बारेमा छलफल गर्नुको साथै अगामी कार्यकारिणी समितिको बैठकको एजेण्डा पनि तय गर्नेछ । पार्टीमा आन्तरिक द्वन्द्वका कारण बैठक बसिरहेको थिएन । हिजो लोसपाबाट केही नेता अलग भएपछि पार्टीका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.