माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ
न्युजभित्तो/९ फाल्गुन २०७८, सोमबार १७:१०
काठमाडौँ,९ फाल्गुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने भएको छ ।
काठमाडौँमा आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका हुन् ।
उनले आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि बताए । नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए । उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे ।
एमसीसीको बारेमा विगत कालदेखि नै आफूहरुले विरोध जनाएको उनको भनाई छ । उनले आर्थिक सहायता सम्झौता सरकारले टुँगो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रुपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगिकार गर्न सकिने पनि उल्लेख गरे ।