सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एकीकृत समाजवादीद्वारा एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय


  •    न्युजभित्तो/९ फाल्गुन २०७८, सोमबार १६:५४ 
  • काठमाडौं, । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    एमसीसी सम्झौता संसदमा टेवुल गरेपछि उत्पन्न चरम विवादको विषयलाई लिएर एकीकृत समाजवादीले बोलाएको सचिवालय बैठकले सो निर्णय गरेको सो पार्टीका एक नेताले बताए।

    आज बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो । साथै एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिनका लागि सबैलाई भन्ने र वातावरण तयार गर्ने पनि भएको छ । साथै उक्त पार्टीको सचिवालय बैठक भोलि पनि बस्नेछ ।

    शनिबार बसेको स्थायी कमिटी बैठकले एमसीसीबारे निर्णय लिने अधिकार सचिवालय बैठकलाई दिएको थियो । यद्यपि एकीकृत समाजवादीले एमसीसी संसदमा पेश गर्न दिने निर्णय चाहिँ यसअघि नै गरेको थियो । सोमबारको प्रतिनिधिसभामा एमसीसी पेश भएपछि एकीकृत समाजवादीको आज सचिवालय बैठक बसेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.