सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनमा नयाँ नेतृत्व


  •    न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १८:३३ 
  • चितवन, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन चितवनको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

    संगठनको आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा कल्पना उप्रेती, सचिवमा रमेश काफ्ले र सरिता शर्मा, कोषाध्यक्षमा हरिभक्त ढकाललाई निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा सपि मिया, विकास गुरुङ, कृष्ण पन्त, रामनाथ घिमिरे, जनकराज पौडेल निर्वाचित हुनु भएको छ । एक सदस्य पछि मनोनित गरिने जनाईएको छ ।

    अधिवेशनको उद्घाटन प्रमख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नाथ थपलियाले गर्नुभयो । उहाँले कानुन व्यवसायीहरुले आम जनतालाई सहज रुपमा कानुनी सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष रामकृष्ण अधिकारी, नेकपा एमाले जिल्ला कमिटी चितवनका सदस्य शेषमणि नेपाल, बारका पूर्व अध्यक्षहरु जगन्नाथ भण्डारी, राजकुमार श्रेष्ठ, संगठनका पूर्व अध्यक्ष कृष्णप्रसाद डोटेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शेषशंकर उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रमेश काफ्लेले गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.