सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु


  •    न्युजभित्तो/६ फाल्गुन २०७८, शुक्रबार १०:३८ 
  • काठमाडौँ,६ फाल्गुन। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बसेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो साँझ बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको थियो ।

    हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए ।

    सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भएपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आज शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

    हिजोको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो ।

    तर माओवादी केन्द्रले एमसीसी जबरजस्ती संसदमा अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अस्ति बसेको बैठकले एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको थियो ।

    नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी जबर्जस्ती संसदमा टेवुल गराएर अघि बढाए विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । सचिवालय बैठकले निकालेको उक्त निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट आधिकारिक निर्णय गर्ने तयारी एकीकृत समाजवादीले गरेको छ ।

    यथास्थितिमा एमसीसी संसदवाट पास गर्न नसकिने भन्दै अडान राख्दै आएका यी दुई नेताहरुवीच यदि सरकारले एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने तयारीसम्मको छलफल भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिनसम्मको तयारी गरेका छन् ।

    प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गर्ने पक्षमा छन् भने प्रचण्ड र नेपाल यसको बिपक्षमा रहेका छन् । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने भएकोले यसबैठकको निर्णय के आउछ भनेर आम नेपाली जनताहरुले विशेष चासोका साथ कुरिरहेका छन् ।

    गठबन्धनको बस्ने भनिएको यो अन्तिम बैठकले नै सत्ता गठबन्धन कायम रहने वा नरहने भन्ने बारेमा पनि भविष्य निर्धारण गर्ने बुझिएको छ । सत्ता गठबन्धनका दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना न्यून रहेको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न हिजो उनको निवास बालकोट पुगेका थिए । हिजो बिहीबार गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै राति ८ बजे बालकोट ओलीको शरणमा देउवा पुगेका थिए ।

    प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पत्नी आरजु देउवा राणालाई लिएर बालकोट जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको बैठक आज शुक्रबार बिहान डाकेर देउवा हिजो विहीबार बेलुकी पत्नी आरजुसहित ओली निवास बालकोट पुग्नुले राजनीतिक तंरग पैदा भएको छ भने प्रचण्ड र नेपाललाई एमसीसीमा सहमत हुन नैतिक दवाव बढेको छ ।

    सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओलीलाई भेट्न बलकोट पुगेका थिए । भेटपछि देउवाले चाल्ने भावी कदमलाई राजनतिक वृत्तमा महत्वका साथ हेरिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।

    नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि साझा धारणा बनाउन छलफल गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.