सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष प्रचण्डले भने- हाम्रो जोड सकेसम्म गठबन्धन बचाउनमै छ


  •    न्युजभित्तो/५ फाल्गुन २०७८, बिहीबार १६:१२ 
  • काठमाडौं,५ फाल्गुन । सत्ता गठबन्धनको बैठकअघि सिंहदरबारमा बसेको तीन दलको बैठक सकिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको बैठक बस्नुअघि एमसीसी लगायतका विषयमा छलफल भएको बताए ।

    आज बिहीबार दिउँसो (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि प्रतिक्रिया दिँदै प्रचण्डले गठबन्धनका पाँच दललाई एक बनाउने र एमसिसीलाई निकास दिनेबारे छलफल भएको बताए ।

    प्रचण्डले पत्रकारहरुसँग भने, ‘अहिले बेलुकी ५ बजे संयन्त्रको बैठक छ । त्यही बैठकको तयारीका विषयमा छलफल भयो। मुख्य जोड पाँच दल बचाउने र एमसीसी निकास दिन लागेका छौं। सकेसम्म यो गठबन्धन बचाउनेमा हाम्रो जोड हो ।’

    अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन यी नेताहरुबीच छलफल भएको बताइएको छ । प्रचण्डले यसअघि बिहीबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए । एमसीसीको विषयमा निर्णायक छलफल गर्न पाँच दलीय सत्तारूढ गठबन्धनको बैठक आज साँझ ५ बजे बस्दैछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.