सहमति नजुटाइ एमसिसी धाकधम्की दिएर पास नहुने खनालको दावी
न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार १५:३०
काठमाडौं,४ फाल्गुन। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले एमसिसीलाई जबरजस्ती ठेलेर पास गर्न नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका खनालले सहमति नभइकन जबरजस्ती बल प्रयोग गरी एमसिसी पास गर्न नहुने बताएका हुन् ।
खनालले सहमति नजुटाइ धाकधम्की दिएर एमसिसी पास गर्न नहुने बताए । उनले भने, “यो लोकतन्त्रमा अनेकौं विषयमा बहस हुन्छ। विवाद हुन्छ र कतिपय कुराहरू मिल्दैन। ती नमिलेका कुराहरूमा जबरजस्ती ठेल्न खोज्न पनि हुन्न। कतिपय विषयहरू १० औं वर्ष लगाएर मात्रै हुन्छन् ।”