सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी संसदीय दलको बैठक लगत्तै प्रचण्ड बालुवाटारमा


  •    न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार १२:१० 
  • काठमाडौँ, ४ फागुन। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्नका लागि बालुवाटार पुगेका छन् । सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठक सके लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन् ।

    माओवादीले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निष्कर्ष निकालेको छ । बुधबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निष्कर्ष पनि निकालेको छ । बैठकका ३ वटा निर्णयबारे जानकारी दिँदै माओवादी नेता दीनानाथ शर्माले रातोपाटीसँग भने, ‘एक, संशोधन बिना एमसीसी पास हुन सक्दैन । राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्छ । दुई, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्छ । र तीन, पहिले संसद खुल्नुपर्छ, संसद नखुली एमसीसी टेबल गर्न मिल्दैन ।’

    प्रचण्डले बैठकको निर्णय प्रधानमन्त्री देउवालाई सुनाउने छन् । ‘प्रधानमन्त्रीले बोलाउनु भएको छ, म भेट्न जाँदैछु । बैठक रोक्न आग्रह गर्छु । वहाँले जबरजस्ती टेबल गर्ने प्रयास गरे आजै सरकारबाट अलग भएको घोषणा हुन्छ,’ सांसद रामेश्वर राय यादवले बैठकमा प्रचण्डको ब्रिफिङ उदृत गर्दै भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.