सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने


  •    न्युजभित्तो/४ फाल्गुन २०७८, बुधबार १०:४० 
  • काठमाडौँ, ४ फाल्गुन।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज पनि संसद अवरूद्ध गर्ने भएको छ । एमालेले आज बुधबार बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा अवरोध जारी राख्ने भएको हो ।

    सत्तापक्षले आफूसँग कुनै किसिमको छलफल नगरेको एमालेले बताएको छ । एमालेले आफूले उठाएका एजेण्डाबारे छलफल नभएकोले संसद अवरोध जारी राख्ने भएको हो । साथै भोलिको संसद बैठकमा एमालेले आफ्ना सबै सांसदलाई उपस्थित हुन भनेको छ ।

    एमालेले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ । सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुख अग्नि प्रसाद सापकोटाले निकास दिनुपर्ने एमालेको माग छ ।

    एमालेले आजको बैठकमा एमसिसी टेवुल हुने अनौपचारिक जानकारी आफूले पाएको समेत बताएको छ । संसद अवरोधको अवस्थामा रहेको पार्टीले कुनै पनि छलफलमा भाग नलिने एमालेले बताएको छ । आज बुधबार १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसिसी समावेश गरिएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.