सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेको बहुप्रतिक्षित संसदीय दलको बैठक शुरु


  •    न्युजभित्तो/२ फाल्गुन २०७८, सोमबार १२:१४ 
  • काठमाडौं,२ फाल्गुन। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहुप्रतिक्षित संसदीय दलको बैठक शुरु भएको छ । केही समयअघि नयाँ बानेश्वरस्थित संसद् भवनमा एमालेको संसदीय दलको बैठक शुरु भएको हो । आजको एमालेको संसदीय दलको बैठकले दुई ठूला निर्णय गर्ने भएकोले उक्त बैठकलाई राजनीतिक वृत्तको विशेष चासोका साथ हेरिएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सत्ता गठबन्धनका सांसदहरुले संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उत्पन्न परिस्थितिबारे बैठकमा छलफल हुने बुझिएको छ । हिजो आइतबार सत्ता गठबन्धनका ९८ जना सांसदले जबराविरुद्ध अविश्वासको प्रस्ताव ल्याई प्रधानन्यायाधीश जबरामाथि महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।

    बैठकमा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुनुका साथै प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा र सर्वोच्च अदालतका चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने बारेमा पनि निर्णय गर्न सक्ने संकेत देखिएको छ ।

    हिजो आइतबार प्रधानन्यायाधीश जवरालाई सत्तारुढ दलहरूले महाअभियोग लगाएपछि एमालेले एमालेले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । महाअभियोग प्रस्तावबारे छलफल गर्न आज जारी संसदीय दलको बैठकमा छलफल हुने बताइएको छ ।

    प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने सर्वोच्चका न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको हो । एमालेले यस अघिदेखि नै प्रधानन्यायाधीश जबरासहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने जिकिर गर्दै आएको थियो ।

    एमालेले आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ । सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताएका छन् ।

    बैठकमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने र महाअभियोग प्रस्ताव दर्ता हुने एमाले स्रोतले बताएको छ । यस्तै एमालेले प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाउने तयारी गरेको छ ।

    हिजो आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीशविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता भएकोमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै आपत्ति जनाएको छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको आरोप लगाउँदै वैशाख ३० गतेमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भएको बताएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.