सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठायो महाअभियोग दर्ता भएको जानकारी


  •    न्युजभित्तो/१ फाल्गुन २०७८, आईतवार १५:४५ 
  • काठमाडौं,१ फाल्गुन।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएको जानकारी संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठाएको छ ।

    राष्ट्रपति कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र लेख्दै सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको जानकारी दिएको हो ।

    संघीय संसदका महासचिव भरतराज गौतमले लेखेको उक्त पत्रमा संविधानअनुसार अब राणाले प्रधानन्यायाधीशको रूपमा काम गर्न नपाउने व्यहोरा जानकारी गराइएको छ ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी केन्द्रका सांसदले लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, सवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निश्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न अक्षम रहेको भन्दै जबराविरूद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

    माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ प्रस्तावक रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु
    • जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.